कोरोनाले दैलेखमा जोखीम बढ्दै

दैलेख । विश्वभरी महामारीको रूप लिएको ‘कोभिड –१९’ त्रासले दैलेखको सदरमुकाम यतिबेला सुनसान भएको छ । सदरमुकामा विभिन्न कामको शिलशिलामा आउँनेहरू सरकारले लकडाउन गरसँगै गाउँमै छन् । केही समय अघि गाउँमा कोही मर्दा मलामि समेत जाने मान्छे पाउन मुस्कील हुन्थो हाल कोरोनाको त्रासले गाउँमा कोही मरे पनि मलामी जादैनन् कतिपय कोरोनाको त्रासले गाउँमा मलामी जानेको संख्या घटे पनि गाउँमा यतिबेला मानिसको चहलपहल भने बढ्दै गाएको छ ।

पढाइको शिलशिलामा शहर छिरेका सबै गाउँमा आउँदा मानिसको भीडभाड हुने गरेको हो । यस्तो समयमा जो जहाँ छौँ त्यहीँ सुरक्षीत हुनुपर्ने समयमा धेरै वर्ष भारतमा बसेका मानिसहरू गाउँ आएका छन् । आउँदा बाटोमा कतिसँग बसे कहाँ सुते कोसँग खाए, त्यसको रेकर्ड उनिहरूसंग छैन । कोरोनाको संक्रमण नभएको भए समस्या नहोला । गाउँमा छिरेका कोही–कसैलाई संक्रमण देखिएमा शहर जस्तो गाउँमा तत्काल उपचार हुने ठाउँ छैन । गाउँमा जताततै संक्रमण फैलिँदै जाने देखिन्छ ।

भारत वा तेस्रो मुलुकबाट गाउँमा मानिस फर्किएपछि गाउँमा धेरै मानिसहहरू गाउँमा घरभित्रै बसेर सम्भव पनि हुँदैन । गाउँका धेरे मानिसहरू वस्तुभाउ पाल्ले हुनाले उनिहरू वनजंगल गर्नुपर्ने हुन्छ । यद्यपी केसैलाइ कोरोनाको संक्रमण भएमा उस्ले १०–१५ दिन घरमै रुघाखोकीको तातो पानी खाएर सन्चो हुन्छ भन्दै बस्ने हुादा शहरभन्दा गाउँमा यसको जोखीम बढी देखिन्छ । विदेशबाट फर्किएकालाई स्वास्थ्य चेकजाँच गरि १४ दिनसम्म क्वारेन्टाईनमा राख्ने व्यवस्थाले शहर सुरक्षित छ भने गाउँघरमा ‘हेल्थ डेस्क’ वा क्वारेन्टाईन नहुँदा जोखीम बढ्दै जाने स्थानिय अगुवाहरू बताउँछन् ।

जिल्लाका ११ वटा स्थानीय तहमध्ये आठविस नगरपालिका, नौमुले गाउँपालिका र गुराँस गाउँपालिकामा भगवतीमाई गाउँपालिका र दुल्लू नगरपालिकामा आईसोलेसन बेड तयार पारिएको छ । अन्य गाउँपालिका र नगरपालिकामा आईसोलेन बेड र क्वारेन्टाईन नहुँदा विदेशबाट फर्किएका मानिस निर्धक्क गाउँघरमा जाने गरेका छन् । स्वास्थ्य परिक्षण बिना नै गाउँघरमा जाने गरेकाले रोग फैलिन त्रास बढेको भगवतिमाई गाउँपालिका वडा नं ४ का टोपेन्द्र विक बताउँछन्

हेल्थ डेस्क नहुँदा कतिपय गाउँ वा नगरपालिकामा तेस्रो मुलुकबाट घर फर्किएका स्थानीयवासी स्वास्थ्य चेकजाँच नगरेर निर्धक्क घर जाने गरेकाले ग्रामीण बस्ती असुरक्षित बन्दै गएको छ । बाहिरबाट आउँने मानिसहरू गाउँपालिकाको केन्द्र हुँदै जाजरकोट जाने हुँदा अन्य पालिकाभन्दा भगवतीमाई गाउँपालिकामा जोखीम बढेको छ ।

तर, गाउँपालिकामा १४ वटा क्वारेन्टाईन बेड बनाइको छ । बेड मात्र तयार भएका छन् । त्यसमा चाहिने उपकरण अभाव रहेको छ । गाउँपालिकाले २ वटा स्थानमा हेल्थ डेस्क राख्नको लागि पहल गरेको भए पनि आवश्यक सामाग्री नभएको कारण अहिलेसम्म हेल्थ डेक्स स्थापनासमेत गर्ने नसकीएको र क्वारेन्टाईन र हेल्थ डेस्कमा चाहिने सामाग्री पहल गरिदिन गाउँपालिकाले सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय संघीय सरकारलाई हाह्वान गरेको जनाएको छ ।

तेस्रो मुलुकबाट भित्रिने ३५ जनाको डाटा राखेको गाउँपालिकाले क्वारेन्टाईनमा बसेर काम गर्ने कर्मचारीहरूलाई चैत्र महिनाको तलब स्केलको ७० प्रतिशत प्रोत्साहन भत्ता दिने र स्वास्थ्यका कर्मचारीहरूलाई ५० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको भगवतीमाई गाउँपालिकाका सूचना अधिकारी प्रेमबहादुर खड्काले जानकारी दिए ।

दैलेखका सबै स्थानिय तहले आफ्नो तर्फबाट काम गरे पनि दैलेख सदरमुकाममा भने लकडाउन अवज्ञा गरेको भन्दै ३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाकारी गराएको छ । जिल्ला स्वास्थ्य कार्यालय दैलेखले यस्तो जोखीम नहुनको लागि सबै पालिका तथा दैलेखमा भएका डक्टर तथा एम्बुलेन्सको सम्पर्क नं सबैलाइ सूचनामा राखेर यद्यपी कोही विरामी भए घरमै उपचारमा जाने व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया