जर्मनी चान्सलर मर्कल क्वारन्टीनमा

एजेन्सी । जर्मली चान्सलर एङ्गेला मर्कल क्वारान्टीनमा बसेकी छन् ।

चान्सलरको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोनाभाइरस संक्रमण भएको भेटिएपछि उनी पनि क्वारेन्टाइनमा बस्नु परेको चान्सलरका प्रवक्ताले बताएका छन्।

गत शुक्रवार उनलाई निमोनियाको खोप दिएका एक चिकित्सकमा कोरानाभाइरस संक्रमण पाइएपछि उनी क्वारेन्टाइनमा बसेकी हुन् । ६५ वर्षीया उनको नियमित जाँच गरिने र उनले घरबाटै काम गर्ने प्रवक्ताले बताए।

युरोप कै सबभन्दा ठूलो अर्थतन्त्र भएको देश जर्मनीमा हालसम्म कोरोनाभाइरसबाट करिब २५ हजार मानिस सक्रमित छन्। यसका कारण ९४ जनाको ज्यान गइसकेको छ

प्रतिक्रिया