भवन बनेपछि विद्यार्थी ढुक्क

दैलेख । जब चैत, वैशाख सुरु हुन्थ्यो, दैलेखको गुराँस गाउँपालिका–६ पिलाडीस्थित नमुना माध्यमिक विद्यालय विद्यार्थीहरू विद्यालयको संरचनाको कारण बिचल्ली हुनु पथ्र्यो । विद्यार्थीहरू बिहान स्कुल जाने तर मौसम परिर्वतन हुने संकेत पाए भने स्कुलमा बस्ता असुरक्षित महसुस गर्दे आधा पढाई छाडेर घर तर्फ लाग्ने गर्थे ।

२०१६ सालमा स्थापित उक्त विद्यालयमा हेरक वर्ष चैतदेखि असारसम्ममा विद्यालयको छानो हावाहुरीले उडाउँदा र वर्खायाममा टिनको पाताबाट पानी चुहिने हुँदा विद्यालयको पठन–पाठन प्रभावित हुने गरेको थियो ।

खराब मौसममा कहिलेकाहीँ विद्यालय बन्द गर्नुपर्ने बाध्यतासमेत रहेको थियो । यस विद्यालयमा हावाहुरीकै कारणले वर्र्सेनी टिन फेर्नु पर्ने बाध्यता हटेको छ । हाल यस विद्यालयमा पक्की भवन भनेपछि विद्यार्थीले ढुक्कसाथ पढ्न पाएका छन् ।

विद्यालय डाँडामा भएको कारणले सधैँ टिन फेर्नुपर्ने भएपछि अहिले त्यस डाँडामा पक्की भवन बनाइएको हो । शैक्षिक गुणस्तर बढाउने र नमुना विद्यालयकोरूपमा विकास गर्ने उद्देश्यले गतवर्ष कर्णाली प्रदेश सरकारले यो विद्यालयका लागि ५० लाख बजेट विनियोजन गरेको थियो ।

उक्त बजेटबाट २०७५ माघ १५ देखि काम सुरु भई २०७६ भदौमै ६ कोठे पक्की भवन निर्माण गरिएको छ । समयमै भवन निर्माण सम्पन्न भएपछि भदौदेखि कक्षा ६ देखि १० सम्म सञ्चालन भइरहेको प्रधानाध्यापक कृष्णकुमार रानाले बताए । ‘नयाँ भवनमा पढ्न पाएपछि विद्यार्थी निकै उत्साहित छन्,’ उनले भने, ‘भूकम्प प्रतिरोधीसमेत भएकाले सुरक्षित रूपमा पठनपाठन गर्न पाएका छौँ ।’

भवनको भवनको ४ गते कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले उद्घाटन गरेका थिए । नयाँ भवनमा अध्यापन सुरु भएपछि पहिलेको भन्दा धेरै सहज भएको र अब विद्यालयको छाना उडेर बिचल्ली हुनु नपर्ने विद्यार्थीहरूले बताएका छन् ।

प्रतिक्रिया