मुगु । यतिबेला यार्सागुम्बा संकलनको लागि हिमालका पाटन तिर जाने मान्छेको लर्को देखिने गर्छ । हिमाली हिराको उपनाम पाएको यार्सा संकलनको समय सुरु भएसंगै बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन गरी बेचेर घरखर्चको जोहो गर्न मान्छेहरु ज्यान हत्केलामा राखेर थापेर यार्सागुम्बा संकलनको लागि पाटन तिर जाने गर्दछन् । यार्साको मूल्य, उपादेयता र आर्कषण जति छ त्यो हात पार्न उत्तिकै कठिन छ ।
हिमाली जिल्लाहरुमा पाइने बहुमुल्य जडिबुटि संकलनको लागि हिमाल तिरका जिल्लाका गाउँमा बालबालिका बृद्ध बाहेक सबै यार्साको खोजीमा पाटन तिर जाने गर्दछन् । मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका, छायाँनाथ रारा नगरपालिका र सोरु गाउँपालिकाका बासिन्दा र जिल्ला बाहरिका बासिन्दा पनी यार्सागुम्बा संकलका लागि मुगुम कार्मारोङ गाउँपालिका यार्सा पाटन तिर लागेका छन्। उनिहरुले ज्यानको बाजि राखेर यार्सा संकलन गर्नेर यार्सा बेचेर लाखौं रकम जम्मा गरी घरखर्चको जोहो गर्ने उनिहरुको पहिलो योजना हुन्छ ।
गत जेठ १५ गते मुगुका २ दर्जनभन्दा बढी पाटनहरुमा यार्सा संकलन गर्न मुगुम कार्मारोङगाउँपालिकाले प्रवेश अनुमति खुला गरेको छ । मुगु जिल्लाको पूर्वी करान भगेमा पर्ने मुगुमकामारोङ गाउँपालिका –२ अन्तरगतका वन माजिङ थान, ठूलो कोइकी, सानो कोइकी, छापाखोला, टाँके, रिमाड, हङदङ खोला, च्यार्कुलेख, छुमुरु, छुङडुङ, भावर खोला, असि पाटन, नयाँ वन, टाङवाक, झोवा लेख, वाङरी रमाना, धोवार खोला, च्याङजीलगायत २ दर्जनभन्दा बढी पाटनमा यार्सागुम्बा पाइन्छ भने ठूलो कोईकी, सानो कोईकी, माजिङ थान, भावर खोला, ठूलो ताक्ले र सानो ताक्लेमा पाटनमा पाइने यार्सागुम्बा प्रशस्त पाइन्छ ।
मुगुका पाटन तथा हिमालमा यार्सा टिप्न मुगुका स्थानीयका साथै यो वर्ष दैलेख, जाजरकोट, जुम्ला, डोल्पा, कालिकोट, हुम्ला, मनाङ, मुस्ताङ, बाजुराबाट पनि संकलकहरु आएका यार्सा संकलक कार्मा छोर्तेन लामाले बताए । जेठ १५ देखि असार अन्तिमसम्म यार्सा टिप्न गाउँपालिकाले समय तोकेको छ ।
हरेक बर्ष यार्सा टिप्न जानेले २ लाख रुपैयाँभन्दा थोरै कसैले नल्याउने र यो हिसाबले एकै गाउँमा नै करिब ३० देखि ५० लाख रुपैयाँसम्म आम्दानी भित्रिने अनुमान गरीएको लामाले बताए । हुन पनि मुगालीहरु वर्षभरि खान लाउन र आफ्ना दैनिक आवश्यकताको खर्च जोहो त्यही एक महिनामा यार्सा टिपेर बेचेको पैसाबाट गर्दै आएका छन् । व्यापार, खेतीपाती र नोकरीभन्दा महिना दिनमै यार्सा टिपेर हुने आम्दानी गतिलो हुने भएपछि यो सिजनमा सबै काम थाँति राखेर यार्सा टिप्न गाउँ नै खाली गरेर स्थानीय पाटन जाने गर्छन् ।
व्यापारीहरु पाटनमै पुगेर यार्सा संकलकबाट यार्सा खरिद गर्ने भएकाले यार्सा बिक्री गर्न बजारको समस्या हुँदैन । पाटनमै टिप्ने उतै बेच्ने र बेचेपछि रकममात्र बोकेर घर फर्कने गर्छन् ।यार्सा बेचेर जिल्लाभरिका अधिकांश गाउँमा रकम भित्रिए पनि सबैभन्दा बढी मुगुम कार्मारोङ गाउँपालिकाका सबै बस्ती र छायाँनाथ रारा नगरपालिका केही बस्तीमा आम्दानी भित्रिने यार्सा संकलकहरु बताउँछन् ।
गत बर्ष मह गाउँमा नै यार्सा बिक्रीबाट ४ करोड रुपैयाँभन्दा बढी रकम भित्रिएको अनुमान गरिएको छ । माग्री, पाँपु, छाईल, चिमात, दाउरा, सेरोग, कार्ति, किम्री, डोल्फु, पुअ, मुगु, ताखा, खारी गाउँमा पनि कम्तिमा ५० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म रकम भित्रिएको मुगु गाउँका बासिन्दा ईटोल लामाले बताए । उनले भनेआफ्नो गाउँ मुगुमा मात्र गाउँलेले ३ करोडभन्दा बढी रकम यार्सा बेचेर कमाए ।
छायाँनाथ रारा नगरपालिकाको तल्लेख, झाकोट, बालचौर, रोवा, सोभा, लुम्स, घट्टलेख, जिउला, ¥याङच्याकाटी, थार्प, लुम, बाम, तिर्प, लह, लापुँ गाउँका बासिन्दा पनि हरेक बर्या यार्सा बेचेर राम्रै आम्दानी गर्ने गरेका छन् । किम्री गाउँका कार्मा सेराप लामा भन्छन ‘भगवानले हाम्रा लागि हिमालमा यार्सा होइन, हीरा उमारी दिएका हुन् । हामीलाई कस्ले हथ्र्योे ? यही यार्सा नभैदिएको भए हामी कसरी घरखर्च र बालबच्चाको पढाईलगायत अन्य खर्चको जोहो गथ्र्यो ? हाम्रो हालत के हुन्थ्यो ? हाम्रो पावर, पहुँच कहिँ कतै थिएन ।’
विकासका लागि गाउँमा आउने रकम टाठाबाठाले मात्र खाने गरेको गाउँलेको भनाइ छ । नोकरी पाउन कठिन र खेतीपाती गर्दा राम्रो उब्जनी नहुने त्यसमाथि वर्षैभरि जम्माजम्मी एक बालीमात्र उब्जने भएकाले आफूजस्ता गरिबका लागि यार्सागुम्बा वरदान सावित भएको कार्माले बताए ।उनले भनेप्रत्येक वर्ष हामी ४ परिवार यार्सा टिप्न एक महिना पाटन जान्छौं ६÷७ लाख रुपैयाँ कमाएर ल्याउँछौं । कोरोनाकालमा २ वर्ष यार्सा टिप्न र बेच्न नपाउँदा कष्टपूर्वक काट्नु परेको तितो व्यथा पनि उनले सुनाए ।
हिमालको हिरा टिप्न अरुले हेरे जस्तो सजिलो कहाँ छ र ज्यानको बाजी मार्नु पर्छ । यार्सा टिप्दाको सकस सुनाउँदै मह गाउँका राप्के तामाङ भन्छन,‘हिउँ पानीसँग खेल्नुपर्ने, चिसोबाट बचेर भोक प्यासको परवाह नगरि अग्ला अग्ला हिमाल र पाटनमा यार्सा खोज्दै चर्हानुपर्ने हुन्छ । पाटनमा विरामी भए मर्नुबाहेक विकल्प रहँदैन ।’ उनले भजे जस्तै यार्सा टिप्न गएका कयौले ज्यान गुमाउने गरेका पनि छन् ।
यति दुःखकष्ट सहेर यार्सा पाए पनि कहाँ सुख छ र ? पाटनमा यार्सा लुटेराहरु बन्दुकसहित पुगेका हुन्छन् तिनीहरुबाट बचेर यार्सा बिक्री गर्नु र पैसा बोकेर सुरक्षित घर पुग्नु भनेको पनी एउटा ठूलै युद्ध जित्नु भएको राप्के बताउँछन् । प्रत्येक वर्ष यार्सा पाटनमा हिउँ पहिरोमा, लेक लागेर र अन्य विमारी भएर, लुटेरा–संकलकबीच झडप धेरैले ज्यान गुमाएका घटना छन ।
स्थानीयले अझै चिन्न सकेनन् ‘सुन’
यहाँका मान्छेले सुन जस्तै बहुमूल्य जडिबुटी यार्सा गुम्बालाई चिन्न र बुझ्न नसक्दा बर्सेनि भोकमरीको चेपटामा गुज्रिएर बाँच्न बाध्य भएका छन् । बजार मूल्य महत्तवका हिसाबले यार्गागुम्बा सुनभन्दा कम मूल्यवान् छैन त्यही मूल्यवान यार्सा मुगुमा पाइन्छ । तर माल पाएर चाल पाउन नसक्दा बहुमूल्य बस्तका परपर वस्नेको गरीबी भने उस्तै छ ।
यहाँका स्थानीय महंगो यार्सा खोज्न छाडेर बरु रोजगारीका लागि भारततिर जान्छन्। भारतमा गएर अनेक दुःखले काम गर्नभन्दा यहाँ सम्भावना भएका वस्तुलाई प्रयोग गर्न सके आफू र स्थानीय ठाउँको विकास हुने थियो। नेपाली उखानमा ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड’ भने जस्तै भएको छ यहाँको लागि यार्सा ।यही यार्सा संकलन गरेर लाखौँ कमाउनेहरू पनि छन् । तर, यहीँको माटोमा उत्पादन हुने यार्सालाई यहाँका मान्छेले जीविकोपार्जनमा लगाउन सकेका छैनन्। यसका कारण अनेक समस्या भोग्न बाध्य छन् ।
उद्यपि मुगुको छायानाथ रारा नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १३ का केही स्थानीय र मुगुम कार्मारोङ गाउँपालिकाकमा बसोबास गर्ने लामा समुदाय भने यार्सा संकलन गर्न जाने गरेका छन्। उनीहरूले यार्साकै कारण थोरै भए पनि आफ्नो जीवनलाई व्यवस्थित बनाएका छन् ।
मुगु जिल्लाको जमिनमा पाइने सुन जस्तै यार्सालाई मुगालीले अझै राम्रोसँग चिन्न सकेका छैनन् ।त्यसैले मुगुका हरेक क्षेत्रमा सम्भावना धेरै भएर पनि यहाँको नागरिक र स्थानको विकास हुन सकेको छैन। आफ्नै माटोका सुन चिन्न नसकेर मुगुका स्थानीय नुनको खोजी गर्दै भौतारिने गरेका छन्। यार्सा गुम्बा मात्र नभई यहाँ अन्य जडीबुटी बन लसुन, चिराइतो, अतिस, भुल्ते, काकँरशिलो, शिलाजितलगायत अन्य धेरै जडिबुटी पाइन्छन् । जुन अन्यत्र पाउन कठिन छ ।
प्राकृतिक सम्पदाले धनी छ मुगु
मुगुमा समस्या मात्रै होइन, अथाह सम्भावाना पनि छ। तर, यहाँ भएका सम्भावानालाई समृद्धिमा कसरी प्रयोग गर्दै लाने भन्ने कुराको पहिचान गर्न नसक्दा मुगु पछाडि परेको हो ।मानव विकास सूचकांकमा देशकै सबैभन्दा पछाडि रहेको मुगु जिल्लामा धेरै बहुमूल्य वस्तुहरू पाइन्छन् । तर, पनि यहाँका नागरिक भने भोकमरीको समस्या खेप्न बाध्य छन् । यहाँ पाइने बहुमूल्य वस्तु हो, यार्सागुम्बा । कतिले यसलाई बहुमूल्य धातु सुनसँग तुलना गर्ने गरेका छन् ।
हुन पनि यार्साको मूल्य सुनकै हाराहारीमा छ । यति महँगो वस्तु पाइने जिल्लामा नागरिक सुखी र अभावमुक्त हुन पर्ने हो । तर, यहाँको अवस्था त्यस्तो छैन स्थानीय संरचनाअनुसार मुगु जिल्लामा एक नगरपालिका र तीन गाउँपालिका छन् । जिल्लामा रहेको छायानाथ रारा नगरपालिका, सोरुगाउँपालिका, खत्याड गाउँपालिका, मुगुम कार्मारोङ गाउँपालिकासहित चार स्थानीय तहमा विभाजित भएको छ। । सानो जिल्ला भए पनि यहाँका नागरिकका समस्या भने धेरै छ । शिक्षा, स्वास्थ्य र भौतिक संरचना लगायतका विकासका हिसाबले जिल्ला निकै पछाडि परेको छ । तर प्राकृतिक सम्पदाले भने धनी छ मुगु ।
यहाँ नेपालकै सबैभन्दा ठूलो र चर्चित राराताल, छायानाथ धाम, चखेली हिमाल, कोइकी हिमाल, क्रणमोक्ष मन्दिर, खेस्समामालिका, कालिकामालिका, कर्णालीको कुल देवता थार्प मष्टोलगायत विभिन्न धार्मिक तथा पर्यटकीय सम्भावानाको अथाह सम्भावना बोकेको जिल्ला हो, मुगु । तर ती सबै सम्पदा भएर पनि यो यहीँ सीमित छ ।
मुगुमा स्वर्गकी अप्सरा भनिने रारा मात्रै होइन, अझैसम्म नामकरण हुन नसकेका थुप्रै ताल–तलैया छन् । जिल्लामा भएका यस्ता धार्मिक तथा पर्यटकीय स्थलको प्रचार–प्रसार गर्न सकिने हो भने जिल्लाको विकासमा ठूलो टेवा पुग्ने छ । रारा मान्छेको कल्पना पनि हो । अझ रारासँग साक्षात्कार गर्ने धेरैको अभिलाषा हुन्छ । यो हेर्न आउने हजारौँ स्वदेशी तथा विदेशी पर्यटकलाई अन्य स्थानसँग पनि जोड्न सके मुगुको विकास र समृद्धिमा कायपलट हुने निश्चित छ ।
तर, मुगु जिल्लामा बसोबास गर्ने विभिन्न समुदायका मान्छे परनिर्भर बन्दै गएका छन् । शिक्षा र चेतनाको अभावमा यस्ता सम्भावानका बारेमा जान्न बुझ्न र त्यसको महत्तवका बारेमा थाहा पाएका छैनन्। त्यसैले पनि उनीहरूको चासो यहाँका सम्पदा र सुन्दरतालाई कसरी बढी प्रचार गर्ने भन्नेमागएको छैन । मुगुमा यस्ता धार्मिक तथा पर्यटकीय सम्भावानाका बोकेका धेरै स्थानहरू प्रचार–प्रसारको कमीले ओझेलमा परेका छन् ।
वन प्रवेश खुल्ला
मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाँउकाृ वन क्षेत्रमा पाईने बहुमुल्य जडिबुटि यार्सा संकलनको लागि वन प्रवेश खुल्ला गरीएको छ । वन प्रवेशका लागि गाँउपालिकाले वन प्रवेश शुल्क बुझाएका संकलनकर्ताले १५ गते बिहान वन क्षेत्रमा प्रवेश गर्न पाउने यस अघि सार्वजनिक सूचना गरीपनी यार्सा संकलकको बाक्लो भिड् र रसिद काट् नसकिएकाले १६ गते मात्रै वन प्रवेश खुलाईएको मुगुम कार्मारोङ ुगाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष रावलले जानकारी दिए ।
जिल्लावासीका लागि प्रतिव्यक्ति दुई हजार र बाहिरी जिल्लाबाट आउने संकलनकर्ताका लागि दुई हजार ५ रुपैयाँ वन प्रवेश शुल्क निर्धारण गरिएको छ । गाउँपालिकाले यार्सा संकलनका क्रममा वातावरणमा असर पुग्ने कार्य नगर्न संकलनकर्तालाई आग्रह गरेको छ । यार्सा संकलनका समयमा सिसा प्लाष्टिकजन्य वस्तु नफाल्न र जथाभावी रुखबिरुवा नकाट्न र चोरी नगर्न आग्रह गरेको गाउँपालिकाले जनाएको छ । यी कार्य गरेको पाइए कडा कारबाही हुने चेतावनी दिइएको छ ।
सुरक्षा व्यवस्था कडा
गत शनिबार गाउले यार्सा संकलनको लागि वनतिर गएको मौका छोपी मुगुमाकामारोगं गाउँपालिका–१ डोल्फु गाउँमा हतीयारदारीले ५० घरदुरी रहेको डोल्फु गाउँमा २३ घरमा लुटपाटगरेपछी सुरक्षा ब्यबस्था कडा पारिएको प्रहरीले जनाएको छ । लुटपाट गर्नेको खोजीकार्य तिव्रपारीनुका साथै यार्सा संकलनका क्रममा लुटपाट समेत हुने भएकाले सुरक्षा व्यवस्था कडा बनाएको जिल्ला प्रहरीले मुगुले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका नायब उपरिक्षक वीरेन्द्र थापाले यार्सा संकलन अवधिभर संकलनकर्तालाई असुरक्षा महशुस हुन नदिन सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती परिचालन गर्ने व्यवस्था मिलाएको छ । प्रहरी निरिक्षक प्रकाश सिहंकार्कीको कम्मान्डमा ४० जना नेपाल प्रहरी त्यस्तै सशस्त्र प्रहरी बल ३० गरी ७० जना सुरक्षको टिम सुरक्षका लागि तैनाथ भएको र नाकामा समेत सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जानकारी दिएको छ ।
मुगु
प्रतिक्रिया