बुबामाथि लगाइएको आरोप झुट : डा. फिर्दोस

रौतहट । जिल्लाको राजपुर नगरपालिका वडा नम्बर ५ राजपुरमा नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति निर्वाचन क्षेत्र नम्बर २ को आयोजनामा मंगलवार बृहद जन सभा सम्पन्न भएको छ ।
बम बिषफोट तथा कर्तव्य ज्यान मुद्दाको आरोपमा करागार जीवन बिताई रहेका पूर्वमन्त्री महमद आफ्ताब आलम लगायतका न्यायको लागि बृहद जनसभाको आयोजना गरिएको छ ।

जनसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री आलम पुत्र प्रतिनिधि सभा सदस्य प्रत्यासी डाक्टर फिर्दोस आलमले रौतहट जिल्लामा छुटै पहिचान बनाएका हाम्रो परिवार माथि षड्यन्त्र गरिएको बताएका छन् ।

जनताको साथ र विकासमा हरदम सक्रिय रहने बुवा माथी षड्यन्त्र गरी फसाइए पनि न्यायपालिका माथि हाम्रो विश्वास अटल रहेको बताए । उनले जनतासंगको लगाब देखेर बुवालाइ फसाइए पनि उच्च अदालत र सर्बोच्च अदालतबाट न्याय पाउने पूर्ण बिस्वस्थ रहेको उल्लेख गरे ।

रौतहट जिल्ला अदालतले बिपक्षमा फैसला गरे पनि माथिल्लो अदालतबाट बुबाले न्याय पाउने विश्वास व्यक्त गरे । बिना प्रमाणको मुद्दा चलाइएको दाबी गर्दै बिपक्षीको षडयन्त्रले आफ्नोे परिवार कुनै पनि हालतमा बिचलित नभएको जनाए ।

डाक्टर आलमले क्षेत्रको जनताको माया स्नेह हाम्रो परिवार संग बिगतदेखि नै रहेको र भविश्यमा नै रहने बताए । कार्यक्रममा राजपुर नगर पालिकाका मेयर एवं पुर्वमन्त्री आलमका छोरा डाक्टर मोहमद राजिक आलमले अदालतले दिएको फैसलालाइ सम्मान गर्दै न्यायिक लडाईलाइ निरन्तरता दिदै अघि बढी रहेको बताएका छन् । उनले बुबा माथि लगाइएको आरोप मिथ्या साबित हुने दाबी गरे ।

प्रतिक्रिया