पत्रकार महासंघ पाँचथरकाे स्वतन्त्र सेनानी पुरस्कार आचार्यलाई

पाँचथर । नेपाल पत्रकार महासंघ शाखा पाँचथरले पूर्व सभापति सुरेश आचार्यलाई स्वतन्त्र सेनानी पुरस्कारबाट सम्मान गरेको छ । मंगलबार पाँचथर जिल्ला शाखाले मिडिया सम्मेलन गर्दै स्वतन्त्रता सेनानी सम्मानबाट नेपाल पत्रकार महासंघका पूर्व सभापति डा. सुरेश आचार्यलाई सम्मान गर्ने बताएको हो ।

आचार्यलाई ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहितको स्वतन्त्रता सेनानी सम्मान प्रदान गरिएको हो । स्वतन्त्रता सेनानी सम्मान नेपाल पत्रकार महासंघ पाँचथर शाखाले प्रत्येक वर्ष प्रदान गर्दै आएको छ ।

पाँचथर शाखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर वकालत गर्दै आएकामध्ये एकजना पत्रकारलाई वर्षेनी प्रदान गरिने निर्णय गरेको थियो ।

गणतन्त्र दिवस र मिडिया सम्मेलन समारोहमा २५ हजार रुपैयाँ राशीको फिदिम नगर विकास पत्रकारिता पुरस्कारबाट रेडियो मितेरी पाँचथरका स्टेशन म्यानेजर युवा पत्रकार खबिन लुइटेललाई प्रदान गरिएको थियो ।

त्यस्तै, १० हजार राशीको स्वर्गीय हरिचरण भद्रमाया वातावरण पत्रकारिता पुरस्कारबाट रेडियो नेपालकी पाँचथर संवाददाता दुर्गा खनाल र १० हजार राशीकै स्वर्गीय प्रजापति जालपादेवी नेपाल खेलकुद पत्रकारिता पुरस्कारबाट रेडियो नेपाल धनकुटामा कार्यरत सन्देश सुब्बालाई प्रदान गरिएको छ ।

पत्रकारहरुलाई कोशी प्रदेश सभा सांसद मैया श्रेष्ठ लावती, जिल्ला समन्वय समिति पाँचथरका प्रमूख रामराज आङदम्बे र फिदिम नगरपालिकाका प्रमूख मित्रप्रसाद काफ्लेलगायतले सम्मान र पुरस्कार प्रदान गरेका थिए ।

त्यसैगरी पत्रकार महासंघ पाँचथरले फिदिममा गरेको मिडिया सम्मेलनमा पत्रकारको स्वास्थ्य परिक्षण र शाखाले प्रकाशन गरेको पत्रकारिता नामक पुस्तक पनि लोकार्पण गरिएको थियो ।

प्रतिक्रिया