एमाले पाँचथरको पालिकास्तरीय अधिवेशनबाट विभिन्न पदाधिकारी चयन

पाँचथर । एक नगरपालिकासहित आठवटै गाउँपालिकाहरुमा नेकपा एमाले पाँचथरले अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनबाट फिदिम नगरपालिका कमिटीको दिपेन्द्र तुम्वापो अध्यक्षसहित ५१ सदस्य चयन भएका छन् । त्यस्तै हिलिहाङ गाउँपालिकामा शान्त प्रसाद लिङ्देन अध्यक्षसहित ४१ सदस्य चयन भएका छन् ।

त्यस्तै याङवरक गाउँपालिकामा राम योङहाङ अध्यक्षसहित ३१ सदस्य चयन भएका छन् । त्यस्तै फालेलुङ पालिकामा पुष्प तिमिल्सिना अध्यक्षसहित ३५ सदस्य चयन भएका छन् । फाल्गुनन्द पालिकामा पूर्णकुमार नेम्वाङ अध्यक्षसहित ३५ सदस्य चयन भएका छन् । त्यस्तै मिक्लाजुङ पालिका मा राम बहादुर बाजी अध्यक्षसहित ३१ सदस्य चयन भएका छन् ।

त्यस्तै तुम्वेवा पालिकामा कमल थापाको अध्यक्षमा २७ सदस्य चयन भएका छन् । त्यस्तै कुम्मायक पालिकामा मेघराज निरौलाको अध्यक्षमा २७ सदस्य चयन भएका छन् । जिल्लाको ६० वटा वडा अधिवेशन धमाधम भएर अन्तिम चरणमा पुगेको जिल्ला अध्यक्ष विष्णुप्रसाद सापकोटा बिमलले जानकारी दिए ।

उक्त अधिवेशन सम्पन्न गर्न एमाले पाँचथर पार्टी इञ्चार्ज तिलकुमार मेन्याङबो, केन्द्रिय सदस्य श्रि प्रसाद जबेगू, अइन्द्रसुन्दर नेम्वाङ कोशी प्रदेश सचिव राजकुमार भण्डारी, अन्य सदस्यहरू जिल्ला पदाधिकारी, अध्यक्ष विष्णुप्रसाद सापकोटा, उपाध्यक्ष बिरबहादुर कुरुङवाङ, सचिव पृथ्वी लावती, उपसचिव तुलसी थापा, कौसीला आङदेम्बे, पालिकाअन्तर्गतका जिल्ला सदस्यलगायत को उपस्थितिमा ८ वटै गाउँपालिकाहरुको अधिवेशन सम्पन्न भएको जनाइएको छ ।

प्रतिक्रिया