काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्था नेपाली रक्तदाता संघ युएईले बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । २०२४ जुन १६ आइतबारको दिन दुबई हेल्थ अथोरोटीसँगको सहकार्यमा बृहत् रक्तदान कार्यक्रम हुन लागेको हो ।
युएईको दुबई शहरस्थित Dubai Health Authority Head Quarter , Al Jaddaf मा दिउँसो १२ बजेदेखि साढे ३ बजेसम्म बृहत रक्तदान कार्यक्रम आयोजना हुने नेपाली रक्तदाता संघ युएईका अध्यक्ष तथा समाजसेवी बासुदेव ढुंगानाले बताए ।
‘रक्तदान नै जीवनदान हो’ भन्ने मुल नारा साथ बृहत रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो । जगन अधिकारीको संयोजकत्वमा हुने उक्त रक्त्तदान कार्यक्रममा युएईमा रहने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदीबहिनीहरु, समाजसेवी, बुद्दीजिवी, राजनीतिज्ञ लगायतलाई सहभागी हुन नेपाली रक्तदाता संघ युएईले अपिल गरेको छ ।
यसै सन्दर्भमा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका कार्यसमिति सदस्य तथा नेपाली रक्तदाता संघ युएईका संरक्षक सुनिलराज श्रेष्ठले रक्तदान गर्न अपिल गरेका छन् ।
प्रतिक्रिया