सानिमाका ग्राहकलाई एप्पल प्रोडक्ट खरिदमा विशेष छुट

काठमाडौं । सानिमा बैंक लिमिटेड र आस्ट्रल कम्प्युटर्स नेपाल (फ्युचर वल्र्ड) बीच एप्पलका प्रोडक्ट जस्तै आइफोन, ल्यापटप, आइप्याड, म्याकबुक तथा अन्य एसोसरीजमा सानिमा बैंकका ग्राहकलाई विषेश छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार सानिमा बैंकका ग्राहकहरूले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी काठमाडौंको सुनधारा स्थित सिभिलमलमा अवस्थित फ्युचर वल्र्डमा एप्पलका प्रोडक्ट खरिद गर्दा ६ हजारसम्म नगद तथा ७ हजारसम्म का एसोसरीज प्राप्त गर्न सकिनेछ । साथै बैंकका ग्राहकले सानिमा बैंकको क्रेडिट कार्डमार्फत १८ महिनाको मासिक किस्ता भुक्तानी गर्न सक्नेछन । सो सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ विभागका प्रमुख विक्रम श्रेष्ठ र आस्ट्रल कम्प्युटर्स नेपाल प्रालिको तर्फबाट महाप्रबन्धक नवीन जोशीले हस्ताक्षर गरे ।

प्रतिक्रिया