वडा कार्यालयद्वारा किसानलाई मकैको बिउ वितरण

पाँचथर । फिदिम नगरपालिकाको मूल बजेटअन्तर्गत वडा नम्बर दूईले मकैको बिउ वितरण गरिएको छ । शुक्रबार नगरपालिका कार्यालयभित्र मकै किसानहरूले तीन केजिका दरले बिउ पाएका छन् । मनकामना जातको स्थाानिय उत्पादन सेतो मकैको वडाले वितरण गरेको हो । किसानहरूले नागरिकता र धनिपूर्जाको फोटोकपी बुझाएपछि रु ५० प्रतिशत अनुदानमा दिएको हो ।

अघिल्लो वर्ष सुख्खा खडेरीले बिउ उत्पादन नभएकाले यस वर्ष किसानलाई राहतको लागि वडाले योजना बनाई वितरण गरिएको युवा, तथा वडा नं दुईका वडाध्यक्ष सुकपाल तुम्वापोले बताए । तुम्वोपो आफैँ लागेर बिउ वितरण गरेका हुन् । बिउ पटक–पटक गरी यसपटक अन्तिम मकैको बिउ वितरण गरिएको वडाध्यक्ष तुम्वापोले जानकारी दिए ।

तुम्वापोकाअनुसार वडाको बजेट भित्रबाट वडा नम्बर दुईका किसानहरूलाई बिउबिजनमा रकम छुट्टयााइको बताए । रु दुई लाख बजेट मध्ये मकैको बिउ अभावका कारण बचेको रकमबाट गुणस्तरीय अदुवाको बिउ अनुदानमा वितरण गर्ने तयारी भइरहेकोसमेत तुम्वापोले बताए । उक्त वडामा १५ क्ंिवटल मकैको बिउ वितरण गरिएको छ ।

अघिल्लो वर्षमा किसानलाई राहतका लागि नगरपालिकाले नै मकैको बिउ वितरण गरिएको थियो । यसपटक पनि वडाले आफ्नै योजनामा बिउ वितरण गरिएको तुम्वापोको भनाइ छ । उक्त वडाले १० जना किसानलाई गोठसुधार तथा १० जनालाई कुखुरा पालनको लागि रु दश हजारका दरले अनुदानदिने भएको वडाध्यक्ष तुम्वापाेले बताए ।

प्रतिक्रिया