सातै प्रदेशमा खानेपानी बिल खल्ती वालेटबाट

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले सातै वटा प्रदेशमा खानेपानी बिल भुक्तानी सेवाविस्तार गरेको छ । खल्तीले यस हप्तामात्रै २६ जिल्लाका ८३ वटा खानेपानी वितरण समिति तथा उपभोक्ता समूह माझ सेवा विस्तार गरी आफ्नो खानेपानी बिल भुक्तानी सेवा सातै वटा प्रदेशमा पु¥याएको हो । अब पूर्वमा झापाको बुधबारेदेखि पश्चिममा कञ्चनपुरको बेलौरीसम्मका ३८ जिल्लाका ११३ खानेपानी वितरण संस्था तथा उपभोक्ता समितिको बिल खल्ती बाटै तिर्न सकिनेछ । अब ती ठाउँका बासिन्दाहरूले काउन्टरसम्म पुगी लाइन बसेर बिल तिर्ने झन्झट गर्नुपर्ने छैन । उनीहरूले खल्ती एप तथा वेबसाइटमा रहेको खानेपानीको आइकनमा क्लिक गरी आफ्नो काउन्टर छानेर ग्राहक कोड दाखिला गरी १ मिनेटमै खानेपानीको महशुल भुक्तानी गर्न सक्नेछन् ।

साथै, डिजिटल प्रविधिसँग अभ्यस्त भई नसकेकार स्मार्टफोन नचलाउने उपभोक्ताले आफ्नो नजिकैको खल्ती पसलमा गई सजिलै बिल तिर्न सक्नेछन् । अहिले गाउँ–गाउँमा तीब्र गतिको ब्रोड ब्यान्ड तथा थ्रीजी र फोरजी इन्टरनेट पुगेको छ । स्मार्टफोन प्रयोगकर्ता बढिरहेका छन् । नेपाल दूरसंचार प्राधिकरणको नयाँ तथ्यांक अनुसार देशका झन्डै ७२ प्रतिशत जनसंख्यामा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच छ । त्यस्तै, नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार नेपालमा करीब १ करोड मानिसले मोबाईल बैंकिङ र १० लाखले इन्टरनेट बैंकिङ सेवा सुचारु गरेका छन् । यस्तो अवस्थामा खल्तीले विस्तार गरेको खानेपानी बिल भुक्तानी सेवाले धेरै महत्व राख्ने देखिन्छ ।

प्रतिक्रिया