नवलपुर समाज जापानको दोस्रो अधिवेशन सम्पन्न

जापान । नवलपुर समाज जापानको दोस्रो अधिवेशन टोकियोमा सम्पन्न भएको छ । उक्त अधिवेशनले सागर कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समाजको उपाध्यक्षमा हरिप्रसाद कँडेल, मुक्तीराम खरेल, कृष्ण खरेल, मेघ राज सापकोटा, प्रकाश सापकोटा चयन भएका छन् । त्यस्तै महासचिवमा सुरेश सापकोटा, सचिवमा राजु भण्डारी, सह–सचिवमा ढुन्डीराज अचार्य, कोषाध्यक्षमा प्रेम कंडेल सह–कोषाध्यक्षमा गणेश सापकोटा चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा बिष्णु शर्मा, गोपालप्रसाद सापकोटा र लक्ष्मण सापकोटा चयन भएका छन् । कार्यक्रममा प्रमुख अतिथि NRNA जापानका अध्यक्ष देविलाल भण्डारी, विशेष अतिथि NRNA ICC सदस्य डिपि कँडेल तथा अन्य अतिथिहरुमा संस्थापक अध्यक्ष केशव पौडेल, समाजका ओशाका क्षेत्रीय अध्यक्ष सुरेश सापकोटा, नागोया क्षेत्रीय निवर्तमान अध्यक्ष अर्जुन खरेल रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि भण्डारी र बिशेष अतिथि  कँडेलले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य निवर्तमान उपाध्यक्षले गरेका थिए । कार्यक्रम नवलपुर समाज जापानका निवर्तमान माहासचिव प्रकाश सापकोटाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया