निर्धन सहकारी १३औं वर्षमा

काठमाडौं । निर्धन विकास बचत तथा ऋण सहकारी संस्थाको स्थापनाको १२औं वर्ष पूरा गरी १३औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा ‘सहकारीको सञ्चालनमा सदस्यको भूमिका’ विषयक प्रशिक्षणमूलक विशेष समारोहको आयोजना गरिएको थियो । काठमाडौं महानगरपालिकाको प्रशासन विभागका निर्देशक नमराज ढकालले सहकारीका करिब १५० जना सदस्यलाई उल्लेखित विषयमा प्रशिक्षण दिएका थिए ।

सो क्रममा उनले निर्धन सहकारी आर्थिक वर्ष समाप्त भएको एक महिनाभित्रै साधारणसभा सम्पन्न गर्ने र जरिवाना नतिर्ने अनि सदस्यहरूकाबीच वर्षमा दुई–तीनपटक खास खास विषयमा अन्तरक्रिया गर्ने क्रियाशील संस्था बनेकोमा खुसी व्यक्त गरे ।

विशेष समारोह आयोजना गर्नुको औचित्यमाथि संस्थाका अध्यक्ष झपटबहादुर बोहराले प्रकाश पारे । त्यस्तै, संस्थाका सचिव रमेश पोखरेलले सञ्चालन गरेको उक्त विशेष समारोहमा संस्थाका सल्लाहकारहरू अधिवक्ता सानुराज पोखरेल, केशरबहादुर साउद, हरि गौतम, भीमबहादुर थापा अतिथिका रूपमा उपस्थित थिए ।

प्रतिक्रिया