युनाइटेडले ल्यायो सहुलियत कृषि कर्जा कार्यक्रम

काठमाडौं । युनाइटेड फाइनन्स लिमिटेडले २५औं बार्षिकोत्सव मनाएको छ । काठमाडौंमा रहेका सबै कर्मचारीहरूको सहभागितामा प्रभातफेरीबाट सुरू भएको कार्यक्रममा काठमाडौंलगायत संस्थाका २३ वटै शाखा कार्यालयहरूबाट रक्त दान, खाद्यान्न तथा स्टेसनरी वितरण, ट्राफिक पोस्ट निमार्ण लगायतका विभिन्न सामाजीक कार्यहरू सञ्चालन गर्दै मनाइएको छ ।

सो अवसरमा संस्थाले सिल्भर जुविली बचत खाता तथा सहुलियत कृषि कर्जा कार्यक्रम समेत सञ्चालनमा ल्याएको छ । एक घर एक खाताको अभियानलाई निरनतरता दिदै घरदैलो कार्यक्रम का माध्यमबाट प्रत्येक घर घरमा एक खाता खोल्ने अभियान समेत सञ्चालनमा आएको छ । कम्पनीले २३ वटा शाखा कार्यालयबाट बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया