सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री खतिवडालाई

काठमाडौंँ । गोकुल बास्कोटाको राजीनामापछि सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालयको विम्मा अर्थमन्त्री डा. युवराज खतिवडालाई जिम्मा दिइएको छ । बास्कोटा सेक्युरिटी प्रिन्टिङ मेसिन प्रकरणमा ७० करोडको बार्गेनिङका विषयमा बिजादमा तानिएपछि राजीनामा दिएका हुन् ।

उनको राजीनामा स्वीकृत पनि भइसकेको जनाइएको छ । त्यस्तै शहरी विकास मन्त्रालयको जिम्मा भने भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङले सम्हाल्ने प्रेस बिज्ञप्तीमा  जनाइउकाे छ ।

प्रतिक्रिया