पिपल्ला बजारमा ग्लोबल आइएमईको शाखा

काठमाडौं । ग्लोबल आइएमई बैंकको दिपायल पिपल्ला बजार शाखा सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । शाखाको डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारी, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेल र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्तरूपमा उद्घाटन गरे । कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले बैंकको नयाँ शाखाबाट आधुनिक एवं अन्तर्राष्ट्रियस्तरको बैंकिङ सेवा उपलब्ध हुने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष ढकालले सो क्षेत्रमा जम्मा भएको निक्षेप रकम सोही क्षेत्रमा नै परिचालन गर्ने रशाखाले आर्जन गरेको नाफाको एक प्रतिशत रकम त्यही क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यहरूमा खर्च गरिने जानकारी दिए । बैंकले २ सय ७० शाखा, २५६ एटिएम, ३७ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २४९ शाखारहित बैंकिङ सेवा र विदेशमा ३ प्रतिनिधि/सम्र्पक कार्यालय मार्फतआफ्ना १८ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया