स्थानियले समाते खसी चोर

धादिङ । मध्यरातमा खसी चोरी गर्ने १ समूहलाई धादिङको सिद्धलेक गाँउपालिकास्थित् सलाङघाटवाट पक्राउ गरी स्थानीयले नियन्त्रणमा लिएका छन् ।

शुक्रबार राति सिद्धलेक –.४ स्थित् सलाङघाट(सुविटार)का दिनेश त्रिपाठीको घरमा खसी चोर्दै गरेको थाहा पाएपछि स्थानियले खोजी गर्दा ३ जनाको समूह पक्राउ परेका हुन् ।

स्थानीयको खोजीबाट भक्तपुर जिल्ला घर बताउने अन्दाजी २५ वर्षीय सचिन महर्जन, नवलपरासी जिल्ला घर बताउने अन्दाजी २५ वर्षीय कृष्ण नाम बताउने तथा अर्का भेडाँबारी गाँउ बताउने परिचय नखुलेको समेत गरी ३ जनालाई पक्राउ गरिएको स्थानीय खसी धनी दिनेश त्रिपाठीले जानकारी दिए ।

त्रिपाठीका अनुसार गत १५ दिन अघिदेखि सिद्धलेक–४ स्थित आरुवासटार, दारिमटार, सलाङघाट, सुविटार, निबुवाटार, ग्यास्टार लगायतका स्थानवाट खसी, बोका, बाख्रा, मोवाईल, गरगहना तथा बिभिन्न किसिमका घरायसी सामाग्रीहरू चोरी हुने गरेको थियो ।

गत साता मात्र एकैदिन आरुवासटार स्थित् टंककुमारी सिलवालको घरवाट १ खसी, माझीगाँउवाट २ बाख्रा तथा ४ थान मोवाईल चोरी भएको थियो ।

पक्राउ पछि ्स्थानीयले सोधपुछ गर्दा उक्त इलाकामा आफुहरूलेनै चोरी गर्ने गरेको समेत सोही समुहले स्विकार गरेका छन् । उक्त समूहलाई इलाका प्रहरी कार्यालय गजुरीको जिम्मा लगाएका छन् ।

प्रतिक्रिया