‘टाटा मोटर्स भ्यालेन्टाइन विक ह्विल अफ लभ’ कार्यक्रम

काठमाडौं । टाटा मोटर्स नेपालको लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भ्यालेनटाइन डेलाई लक्षित गरेर ‘टाटा मोटर्स भ्यालेन्टाइन विक ह्विल अफ लभ’ नामक विशेष कार्यक्रमको आयोजना गरेको छ ।

टाटा मोटर्सको थापाथलीस्थित सोरूममा फेब्रुअरी १३ देखि १५ सम्म कार्यक्रमको आयोजना भइरहेको छ । यस अवधिभित्र सोरूममा आउने ग्राहकलाई टाटा मोटर्सले मनोरञ्जनात्मक प्रस्तुतीसहित विभिन्न उपहारले स्वागत गरिरहेको छ ।

ग्राहकले टाटा मोटर्सको सोरूममा गएर कार्यक्रममा सहभागी भएर नयाँ आकर्षक तथा अत्याधुनिक डिजाइनका टाटाको गाडीहरू एच फाइभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडी अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

यस अवधिभित्र सोरूममा आएर टाटाको जुनसुकै मोडलको गाडी खरिद गर्ने ग्राहकलाई कपल टूर टु माल्दिभ्स, बुकिङ गर्ने ग्राहकलाई डाइमण्ड रिङ, प्रत्येक भ्याल्युएसनमा पर्फ्युमको साथै निःशुल्क जेन्युइन एसेसरिज, डोर प्राइज, एक वर्षको निःशुल्क रोड टयाक्स तथा टेस्ट ड्राइभ गर्ने ग्राहकलाई पनि आकर्षक उपहार प्रदान गर्नेछ ।

सुवर्ण अवसरको फाइदा उठाउँदै सु–सज्जित सोरूममा आउने गाडी टेस्ट ड्राइभ, बुकिङ तथा खरिद गर्ने टाटा मोटर्सले सबैलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया