सिद्धार्थ बैंकको मुसिकोट शाखा उद्घाटन

काठमाडौं । सिद्घार्थ बैंकले रूकुम स्थित मुसिकोट शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । बैंकको मुसिकोट शाखाको उद्घाटन मुसिकोट नगरपालिकाका मेयर देवीलाल गौतमले गरे । बैंकले उक्त शाखा २०७५ अषाढ ३१ गते देखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १८० वटा शाखा (३ एक्सटेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम र १ हजार ६०० भन्दा बढी पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया