जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

कालीकोट । खाँडाचक्र नगरपालिका वडा नं.२ का ७५ जना बृद्धबृद्धाहरुलाई चिसोबाट बच्नबो लागि न्यानो कपडा वितरण गरिएको छ । वडा नं. २ का जेष्ठ नागरिक पर्व पाण्डेको अध्यक्षता तथा खाँडाचक्र नगरपालिका वडा नं. २ का वडाध्यक्ष विर्खसिंह विकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं. २ का ७५ जना जेष्ठ नागरिकलाई चिसोबाट बचाउन न्यानो कपडा वितरण गरिएको हो ।

वडा नं. २ को आर्थिक वर्ष २०७६–०७७ मा विनियोजित रकमबाट जेष्ठ नागरिकलाई कपडा वितरण गरिएको र आगामी दिनमा यस्तै खाले कार्यक्रमहरु लागु गरी जेष्ठ नागरिक, बालबालिका, एकक महिला तथा युवालाई रोजगारजन्य कार्यक्रमहरु ल्याउन पहल गर्ने वडाध्यक्ष विकले बताए । न्यानो कपडा पाउँदा खाँडाचक्र २ का कुम्मलाल जैसीले स्थानिय सरकार आएको महशुस भएको बताए ।

पहिला गाउँ विकास समिति हुँदा कुनै पनि गाविसले जेष्ठ नागरिकको लागि कार्यक्रमहरु नल्याउने र बृद्ध भत्तामा समेत ठगी गरेको बताए । अहिले स्थानिय सरकार आउँदा धेरै कुराको सहज भएकोमा खुशी ब्यक्त गरे । कुम्मलाल जैसी मात्र हैनन् वडा नं. २ का सम्पुर्ण जेष्ठ नागरिकहरु हर्षित भएका छन् । कालीकोटका अन्य स्थानियतहरुले विकासिय योजनाका नाममा समुदायको हितका लागि कार्यक्रमहरु सञ्चालन नगरेको बेला खाँडाचक्र २ ले भने नयाँ कामको थालनी गरेको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया