गाउँमै आँखाको अप्रेसन

अर्घाखाँची । पाणिनी गाउँपालिकाले गाउँमै दुईदिने आखा शिविर सञ्चाल गरी २२ जना आँखाको बिरामीको अप्रेसन गरेको छ । गाउँपालिकाको केन्द्र दुर्गाफाटमा सञ्चालन गरिएको शिविरमा ३ सय १८ जनाले सुबिधा लिएका छन् । जिल्ला आँखा अस्पताल र गाउँपालिका कार्यालयले संयुक्त रूपमा माग र आवश्यकताको आधारमा आयोजना गरेको आँखा शिविरमा जाँच गराउन आउनेलाई परीक्षणदेखि आँखाको अप्रेसनसमेत गरानुपर्ने सम्पूर्ण खर्चको व्यवस्था पालिकाले गरेको अध्यक्ष अच्युत गौतमले जानकारी दिए ।

गौतमले पालिकावासीलाई विभिन्न खालका स्वास्थ्यका शिविरहरू निरन्तर गर्दे आएकोसमेत बताए । आँखाको समस्या भएर बाहिर जँचाउन जानुपर्ने र न्यून आय भएका जनतालाई लामो समयदेखि आर्थिक अभावका कारण उपचार गर्न र अप्रेसन गर्ने नसेको अवस्थामा गाउँमा आँखाको परीक्षणदेखि लिएर अप्रेसन र निःशुल्क औषधि बितरण गर्दा निकै उपलब्धीमूलक शिविर भएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले बताइन् ।

गाउँपालिकाको मुख्य व्यवस्थापनमा गरिएको शिविरमा उत्साहजनक सहभागिता र प्रभावकारी शिविर सञ्चालन भएको प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पन्तले बताए । आँखाको अप्र्र्रेसन गरेकी स्थानीय वसन्ता गौतमले भनिन्, ‘आँखाको लामो समयदेखि उपचार गर्न जाने भनको पैसा नभएर उपचार गर्न जान सकेकी थिइनँ । आज नजिकै डाक्टर आएको हुनाले चेक गराएँ । आँखा बिग्रेर अप्रेसन गर्नुपर्ने भएछ, निःशुल्क यही शिविरमा अप्रेसन गरे निकै खुसी लागेको छ । डाक्टर र जनप्रतिनिधिलाई धन्यवाद ! ।’ आँखामा स्वाथ्य शिविरमा परीक्षण गराउन आउनेहरू आँखाको स्वास्थ्यका विषयमा राम्रो ज्ञान नभएर पनि समस्या हुने गरेको पाइएको स्वास्थ्यकर्मीहरूले बताए । उनीहरूले आँखाका विषयमा गम्भीर बन्नुपर्ने सुझावसमेत दिएका थिए ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया