लोपउन्मुख प्रजाती पानीगोहोरो संकटमा

पशुपतिनगर । विश्वमा लोपउन्मुख प्रजातीको सूचीमा रहेको पानीगोहोरोको संरक्षणमा चासो नदिँदा नेपालबाट लोप हुँदै गएको छ । मानवीय अतिक्रमण, खाद्यबालीमा विषादीको प्रयोग र चोरी निकासीका कारण पानीगोहोरो संकटमा परेको हो ।

हल्का खैरो रङको हुने पानीगोहोरोलाई स्थानीय समुदायले ‘पानीकुकुर’ पनि भन्दछन् । सन् २००४ मा गरिएको अध्ययनमा लोपउन्मुख सूचीमा रहेको पानीगोहोरो नेपालको इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा पाइन्छ । सन् १९८० देखि २००० सम्म गरिएको अध्ययनमा बढ्दो वन फँडानी, मानवीय अतिक्रमण र खाद्यबालीमा घातक विषादीको प्रयोगका कारण लोप हुँदै गएको पत्ता लागे पनि संरक्षणका लागि हालसम्म पनि पहल नभएको हो ।

एक हजारदेखि तीन हजार मिटरसम्म पाइने पानीगोहोरो झ्याउ भएको जङ्गल, सफा पानी, पोखरीहरु, सिम र स–सना पानीको मुहानमा बर्सातमा बस्ने गरेको अध्ययनकर्ता चिकित्सक के आर खम्बुले बताए । बर्सातमा बाहिर देखिने पानीगोहोरो हिउँदमा जमिनमुनि दबेर बस्ने गरेको छ । नेपाल, भारत, चीन, म्यान्मा र थाइल्यान्ड पाइने यो सरीसृप प्रजाति विश्व कति संख्यामा छ भन्ने अध्ययनकर्ताले यकिन गर्न सकेका छैनन् । नेपाल र भारतमा स्थानीय समुदायले औषधि बनाउन प्रयोग गर्ने पानीगोहोरो म्यान्मामा माछा मार्न प्रयोग हुँदै आएको अध्ययनमा उल्लेख छ । नेपालमा स्थानीयवासीले पानीगोहोरो ढाड कम्मर दुखेमा औषधिको रुपमा प्रयोग गर्दै आएको माईपोखरीका कमल मुखियाले बताए ।

विश्वमा पाल्तु जनवारका रुपमा माग बढ्दै गएको पानीगोहोरोको संरक्षणको काम नहुँदा नेपालबाट तस्करीसमेत हुने गरेको अध्ययनकर्ता बताउँछन् । भाले १५ दशमलव तीन सेन्टिमिटर र पोथी १६ दशमलव चार सेन्टिमिटर लामो हुने गरेको अध्ययनकर्ता ह्याज एन्ड ड्युटीको अध्ययनमा उल्लेख छ । ड्युटीले सन् २००४ मा पानीगोहोरोेलाई लोपउन्मुख सूचीमा रहेको सरीसृप रहेको निष्कर्ष निकालिएको छ ।

नामका अध्ययनकर्ताले पानीगोहोर संरक्षणका लागि पहल नभए नेपालबाट पूरै लोप भएर जाने अध्ययनमा उल्लेख छ । सन् १९८० को दशकदेखि अध्ययन सुरु गरी सन् २००० सम्म अध्ययन गरिए पनि नेपालको इलामस्थित माईपोखरीमा सन् २०१६ मा अध्ययन गरिएको थियो । पानीकुकुरको बालबालिकाले सिकारसमेत गर्दै आएका छन् ।

खासगरी एक हजारदेखि तीन हजार मिटर उचाइमा पाइने सफा पानीमा बस्ने भएपछि पछिल्ला विकास निर्माणका गतिविधिले सिमसार, पोखरी र पानीका मुहान धमिलो भएको कारण संख्या घट्ने गरेको अध्ययनमा उल्लेख छ । बर्सातमा जमिनमाथि र हिउँदमा जमिनमुनि बस्ने गरेकोले अहिलेसम्म विश्वमा कति संख्या छ भन्ने यकिन भइनसकेको अन्तर्राष्ट्रिय संस्था आयुसिएनले जनाएको छ । आयुसिएन संस्थाले सन् २००४ मा पानीगोहोरोेलाई लोपोन्मुख सूचीमा सूचीकृत गरेको थियो ।

झ्याउ भएको जङ्गल, सफा पानी, पोखरीहरु, सिम र स–सना पानीका मुहानमा पाइने र हिउँदमा जमिनमुनि दबेर बस्ने गरे पनि दक्षिण र पूर्वी एशियामा लोप हुनाको कारण बढ्दो वन फँडानी र मानवीय अतिक्रमण, खाद्यबालीमा घातक विषादीको प्रयोग मुख्य कारक मानिएको छ । भारतको दार्जिलिङ क्षेत्रमा लोप हुनाका कारण बढ्दो चिया रोपण, पर्यटकीय क्षेत्रको विकास, व्यापारिक क्षेत्र बनाउनु र बढ्दो सहरीकणका कारण रहेका छन् ।

पूर्वी नेपालका तीन जिल्लामा पाइने गरे पनि संरक्षणको लागि गैरसरकारी संस्थाले सचेतनामूलक कार्यक्रम गरे पनि सरकारी निकायमा कुनै पनि कार्यक्रमहरु सञ्चालन गर्न सकेका छैनन् । पूर्वी पहाडी जिल्लाको पहिलो रामसार क्षेत्र माईपोखरीमा पानीगोहोरो पाइने गरे पनि अहिले संरक्षणका काम गाउँपालिकास्तरबाट पहल भइरहेको सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए । माईपोखरी क्षेत्रको स–सना सिमसार क्षेत्रमा पानीगोहोरोेको बासस्थान संरक्षणको काम गरिएको महेश राईको भनाइ छ ।

प्रतिक्रिया