पिसीपिएस कलेजको दोश्रो दिक्षान्त समारोह

काठमाडौं । वेडफोरसीयर विश्वविद्यालयसँग सम्बन्धन लिएको पिसीपिएस कलेजले दोश्रोे दिक्षान्त समारोह आयोजना गरेको छ । पिसीपिएस कलेज २१ वर्ष लामो इतिहास बोकेको एलबिइएफ ग्रूप अफ इन्टीच्यूसन्ससँग आबध भइ सन २०१७ देखि नेपालमा अन्तराष्टिय स्तरको गुणस्तरिय शिक्षा प्रदान गर्दै आइरेको छ ।

उक्त समारोहमाबिबिए र बिएस्सि कम्प्युटर साईन्स एण्ड सफ्टवेयर ईन्जिनियरिङका ४६ विद्यार्थी दिक्षित भएमा थिए । पिसीपिएस कलेजले प्रदान गर्ने डिग्रीहरु शिक्षा मन्त्रालयको स्विकृति प्राप्त गरि त्रिभुवन विश्वविद्यालयको समन्वय हासिल गरेका छन ।

दीक्षान्त समारोहमा डेपुटी भाइस चान्सलर युनिभरसिट अफ वेडफोरसायरका प्रोफेसर अश्रफ जावेद, एलबिइएफ ग्रूप अफ इन्टीच्यूसन्सका चेयरमेन पंकज जलान, एलबिइएफ ग्रूप अफ इन्टीच्यूसन्सका कार्यकारी निर्देशक प्रकाश कुमार, एलबिइएफ ग्रूप अफ इन्टीच्यूसन्सकी सल्लाहकार प्रोगीता भक्तजोशी लगायतको उपस्थितिमा दिक्षान्त समारोह सम्पन्न भएको थियो ।

प्रतिक्रिया