टिकटकमा भाइरल गिरीको ‘अमिलो अम्चुर’

काठमाडौँ । केही दिन अघि युट्युबमा सार्वजनिक भएको गायिका मिरा गिरीको लोकदोहोरी गीत ‘अमिलो अम्चुर’ टिकटकमा भाइरल भएको । छ गायक नेत्र भण्डारी र गायिका गिरीको युगल आवाजमा रहेको उक्त गीतलाई दर्शक स्रोताले रुचाएका छन् ।

गीतको भिडियोमा फरक धारको दृश्य र फिल्मी सैलिमा अभिनय गरिएको छ । गीतकार रमेश बिजिले शब्द सिर्जना गरेको उक्त गीतमा धुर्वराज धितालले संगीत भरेका छन् । मारुनी स्टुडियोमा गीत रेकर्ड गरिएको गायिका गिरीले बताइन् ।

सुनिल क्षेत्रिले निर्देशन गारेको गीतको भिडियो नवराज उप्रेतीले छायांकन गरेका छन् भने सोही भिडियोका निर्देशक सुनिल क्षेत्री र नायिका ऋचा थापाको अभिनय छ । अमृत चापागाईंले सम्पादन गरिएको भिडियो गायिका गिरीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । उक्त गीत तथा भिडियोले नेपाली लोक संस्कृतिको जगेर्ना गरेको गिरीले जिकिर गरिन् ।

प्रतिक्रिया