सहकारी ऋण कोष बचतकाे साधारण सभा सम्पन्न

काठमाडौं । सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्थाले २७औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष रामकृष्ण कार्कीको सभापतित्व तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा ललितपुर जिल्ला सहकारी संघका संचालक अम्बिका कुमारी थापा, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष करुणारत्न बज्राचार्य, राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख सुनिल महर्जन लगायतको उपस्थितमा साधारण सभा सम्पन्न भएको हो ।

संस्थाले सहकारी क्षेत्रमा विशेष योगदान पुर्याउने विशिष्ठ अभियन्ताहरु र जेष्ठ नागरिकहरुलाई दोसल्ला, चाँदीको सिक्का, मायाको चिनो र सम्मानपत्रले सम्मान गरेको थियो । जसमा उत्कृष्ट सदस्य एवं बचतकर्ताहरुमा अमित श्रेष्ठ, मान बहादुर बिश्वकर्मा, प्रविन शाही ,मनोरथ चौधरी, सम्मान गरियो भने संस्थाले सहकारीका उत्कृष्ट सदस्य जेष्ठ नागरिकहरु आशा राणा, सोम माया तामांग, नरमाया अधिकारी, लगायतलाई सम्मान गरेको थियो । त्यस्तै संस्थाले संस्था एकीकरणमा बिशेष योगदान दिने सदस्यहरु लक्ष्मी बानिया र महेश कुमार दाहाललाई पनि सम्मान गरेको छ ।
संस्थाले यसै गरि संस्थामा १० बर्ष योगदान गर्ने कर्मचारीहरुलाई पनि नगद सहित सम्मान गरेको छ ।

‘बचत त्याग बाट प्राप्त हुन्छ’ भन्ने मुल मन्त्रलाई आत्मासात् गर्दै २०४९ साल भाद्र ७ गतेका दिन विधिवत रुपमा सहकारी ऐन २०४८ बमोजिम सहकारी विभागमा दर्ता भएको हो । संस्था र सदस्यहरुबीचको आपसी सहयोग र सहकार्य अभिबृद्धि गर्दै संस्थाको गतिविधिहरुमा सदस्यहरुको भुमिकालाई महत्वपूर्ण रुपमा लिनुका साथै विविध क्रियाकलापले सदस्यहरुको आर्थिक र सामाजिक रुपान्तरणका साथै सहकारी अभियानलाई अभिवृद्धि गर्दै सामाजिक उत्तरदायित्वमा समेत विशेष चासो राख्दै आएको छ ।

संस्थाले शुरुवाती दिनदेखि नै सबैको विश्वास जित्न सकेको कारण निरन्तर रुपमा अगाडी बढेको छ । आगामी दिनहरुमा अझै सदस्यहरुको चौतर्फी विकास र सहकारी अभियानको सहयात्रामा सामेल भै अगाडी बढ्ने प्रतिबद्धता सो संस्थाले गरेको छ । ४४ जना बाट शुरु भएको बचत समुह हाल ३२७३ सदस्यहरुको साझा चौतारी बनेको छ । संस्थाले आफ्नो शेयर पूँजी रु ३१,४१४,२०० रुपैयाँ पुर्याएको छ । सदस्यहरु बाट निक्षेप संकलन ३०८,०६८,१७९ गरेको छ, भने सदस्यहरुलाई लगानी ४१५,१२२,१३७५ गरेको छ । चाहे अभियान होस् चाहे सामाजिक दायित्व निभाउन नै किन नहोस् यो संस्था कहिले पछि परेको छैन र आगामी दिनमा समेत सदस्यहरुको आर्थिक , सामाजिक र साँस्कृतिक विकासको लागि निरन्तर कटिबद्ध भएर लागि पर्ने र अझ भन्नु पर्दा जन्मदेखि मृत्युपर्यान्त सदस्य हितको लागि संस्था लागि पर्ने बताए । संस्थाको कार्यालय कुपन्डोल ज्वागल स्थित आफ्नै भवनबाट सदस्यहरुलाई मोबाइल बैंकिङ रेमिट्यान्स् लगायतका सुविधा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया