कास्कीमा नेकपाकी विद्या भट्टराईले मारिन् बाजी

पोखरा । उपनिर्वाचनमा कास्की २ बाट सत्तारूढ नेकपाकी उम्मेदवार विद्या भट्टराईले बाजी मारेकी छन् । यनिसँगै अर्का प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार बढी मतान्तरसहित पराजित गर्दै भट्टराईले बाजी मारेकी हुन् ।

शनिबार राति १०ः३० बजेदेखि सुरु भएको मतगणना राजनैतिक दलहरुबीच शिलबन्दी रुजुको विषयमा विवाद भएपछि १ः४० बजे मा मात्रै सुरु भएको थियो । विजयी भएसँगै विद्या भट्टराईलाई उनकै प्रतिस्पर्धी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले खादा ओढाएर बधाई दिए ।

प्रतिक्रिया