समिराको गर्भावस्थाको अन्डर वाटर विकिनी फोटोशुट

मुम्बई । दुई सन्तानकी आमा बलिउडकी चर्चित अभिनेत्री समिरा रेड्डीको गर्भावस्थाको पानी मुनिको तस्विर सामाजिक संजालमा भाइरल भएको छ । केहि महिनाअघि मात्रै दोस्रो सन्तानकी आमा बनेकी रेड्डीको गर्भावस्थामा हुँदा पानीमा खिचिएको तस्विर सामाजिक संजालमा भाइरल भएको हो । समिराले २०१४ मा अक्षय वर्देसँग विवाह गरेकी थिइन् ।

उनको पहिलो सन्तान एक छोरा रहेका छन, भने उनले दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । उनले पछिल्लो समय आफ्नो बच्चा बोकेको तस्विर सामाजिक सञ्जालमा सेयर गदै निकै खुसी ब्यक्त गरेकी छिन् । तर त्यो तस्विर भन्दा पनि बच्चा जन्मिनु भन्दा अघिको अन्डर वाटर तस्विरले नै अहिले हंगामा मच्च्याइरहेको छ ।

प्रतिक्रिया