चिनियाँ नागरिक एक किलो सुनसहित पक्राउ

काठमाडौ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित चिनियाँ नागरीकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २२ वर्षीय सा लुतुई रहेका छन् ।

तिब्बत एयरको उडानद्धारा काठमाडौँ आएका लुतुईलाई गएराति भन्सार कार्यालय र प्रहरीको संयुक्त टोलीले आगमन कक्षको भन्सार वाकथ्रु गेटमा जाँच गर्ने क्रममा शरीरमा शंकास्पद बस्तु रहेको मेटल डिडेक्टरले संकेत गरेपछि नियन्त्रणमा लिएर हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । बिहीबार रातिपनि प्रहरीले ८ किलो सुनसहित २ चिनियाँलाई पक्राउ गरेके थियो ।

प्रतिक्रिया