खानेपानी मन्त्री बिना मगरको मतदान

काठमाडौँ । खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरमा शनिबार भइरहेको उपनिर्वाचनमा मतदान गरेकी छन् । उनले गोरखा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा मतदान गरेकी हुन् ।

जम्मा एक हजार १ सय ९९ जना मतदाता रहेको वडामा पुरुष ५५९ र महिला मतदाता ६४० छन् । दुई मतदान केन्द्र निर्धारण गरिएको मतदान स्थलमा (क) मतदान केन्द्रमा ६१६ र (ख) मतदान केन्द्रमा ५८३ मतदाताले मतदान गर्ने गरी केन्द्र निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृत गोपाल प्रसाद बास्तोलाले बताए ।

प्रतिक्रिया