रसुवाको टिमुरेमा प्रभु बैंकको शाखा

काठमाडौं । प्रभु बैंक लिमिटेडले शुक्रबार रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका टिमुरेमा १९८ औँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा गोसाईकुण्ड गाउँपालिका प्रमुख कैसाङ नुर्पु तामाङले एक समारोहबीच उद्घाटन गरे ।

उद्घाटन कायक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, स्थानीय व्यापारी, बुद्धिजीवी लगायतको उपस्थिति थियो । त्यस क्षेत्रको आर्थिक उन्नतिमा टिमुरे शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकको विश्वास छ ।

प्रतिक्रिया