महिला उद्यमी मेला हुने

चितवन । उद्योग वाणिज्य संघ जिल्ला शाखाले आगामी पुस ५ देखि ७ गतेसम्म महिला उद्यमी मेला, ०७६ आयोजना गर्ने भएको छ । उद्योग वाणिज्य संघ चितवनअन्तर्गतको महिला उद्यमी विकास समितिको सक्रियतामा उक्त मेला आयोजना गर्न लागिएको हो । महिला उद्यमीद्वारा उत्पादित वस्तुको आवश्यक प्रचारप्रसार गर्दै महिला उद्यमशीलता विकासमा टेवा पु¥याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको संघका अध्यक्ष सहनलाल प्रधानले बताए । उद्यमशीलता विकासमार्फत् महिलालाई आयआर्जनमा आकर्षित गर्नुका साथै महिला उद्यमीद्वारा उत्पादित वस्तुको प्रचारप्रसार गर्नमा मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

उद्योग वाणिज्य संघको परिसरमा सञ्चालन गर्न लागिएको उक्त मेलामा महिला उद्यमीद्वारा उत्पादित वस्तुका ३५ कक्ष रहने महिला उद्यमी विकास समितिका संयोजक रजनी मास्केले जानकारी दिए । महिला उद्यमी तथा घरेलु, साना तथा लघु उद्यमीद्वारा उत्पादित वस्तुको प्रवद्र्धनमा सहयोग पु¥याउने अपेक्षा गरिएको उक्त मेलामा चितवन, नवलपरासी, मकवानपुर, धादिङ, कास्कीलगायतका महिला उद्यमीको सहभागिता रहने जनाइएको छ । उद्योग वाणिज्य संघ–चितवनले महिला उद्यमीको प्रवद्र्धनका लागि घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा गत असारदेखि चितवन कोसेली घर सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया