के हो बाथ रोग ?

डा. सुनील पन्त

काठमाडौं । सामान्यता बाथ रोग भनेपछि हामी सबैले हातखुट्टाको जोर्नी दुख्ने समस्या भन्ने बुभ्mछौँ । तर बाथ रोगसँगै हड्डी मक्किने समस्याबारे कमै मानिसहरू जानकार हुन्छन् । विशेषगरी, चाउचाउको सुप वा अजिनोमोटो खाँदा हड्डी मक्किन्छ भन्ने धेरैलाई थाहासमेत थाहासमेत छ । मेडिकल भाषामा हड्डी मक्किने समस्यालाई ओस्टिपोरोसिस भनिन्छ । सामान्य भाषामा ओस्टोपोरोसिस भन्नाले हड्डी मक्किने समस्या भन्ने बुझिन्छ । उमेर बढ्दै जादाँ हड्डीको घनत्व कम हुँदै जान्छ र उमेर बढ्दै गएपछि वा हर्मोनको कारणले हड्डी मक्किँदै जान्छ । काठलाई धमिरोले खाएर खोक्रा बनाए जस्तै हड्डी पनि खाक्रो भएर मक्किदै जान्छ । यहि समस्यालाई चिकित्सकीय भाषामा ओस्टोपोरोसिस भनिन्छ । उक्त समस्या बढ्दो उमेरका कारण देखिने गर्छ ।

२०–३० वर्षको उमेरमा जति बलियो हड्डी हुन्छ, त्यति नै धेरै उमेर बढेपछि कमजोर हुँदै जान्छ । विशेषगरी, यो समस्या ४० वर्ष नाघेपछि प्राकृतिक रूपमा नै हड्डीको घनत्व घट्दै जाने हुन्छ । हर्मोन र खानपान जस्तै : (धुम्रपान, मद्यपान) को कारणले हड्डीलाई मक्काउने गदर्छ । लामो समयसम्म स्टेरोइड नामक औषधि सेवन गर्दा पनि ओस्टियोपोरोसिसको जोखिम बढ्छ ।

 

ओस्टियोपोरोसिस पुरुषको तुलनामा महिलामा बढी देखिन्छ र महिनावारी सुकेका महिलामा अत्यधिक मात्रामा हुन्छ । महिलामा भने हर्मोनकै कारण यस्तो समस्या आउने सम्भावना उच्च रहन्छ । यसको पहिलो र एक मात्र लक्षण भनेको हड्डी भाचिने हो । त्यसैले, यस समस्यालाई मौन हत्यारा पनि भनिन्छ । यस समस्याको अन्य रोगको जस्तो विभिन्न लक्षण नदेखिने भएकै कारण यो संवेदनशील र महत्वपूर्ण समस्या बनेको छ । यस्तो समस्या भएमा हड्डी कमसल र कमजोर भई सानो चोटपटक लाग्दा पनि भाँचिन सक्छ । मानिसको उमेर बढ्दै गएपछि ढाड कुप्रो हुने उचाई घट्ने हड्डीहरू खिएर मक्किदै जाने र दुख्ने हुन सक्छ ।

ओस्टोपोरोसिस हुनुअघि हड्डीले जति तौल थाम्न सक्छ भएपछि त्यति थाम्न नसकेर हड्डी भाँचिन सक्छ । विशेषगरी, ओस्टोपोरोसिस हुँदा मेरुदण्डको हड्डी र कम्मर मुनि (हिप्प) को हड्डी भाचिन सक्छ । मेरुदण्ड र हिप्पको हड्डी भाँचिएपछि यसबाट हुने मृत्युदर पनि बढ्दै जान सक्छ । अहिलेसम्म नेपालमा ओस्टोपोरोसिसका कारण कति जनाको मृत्यु भएको छ भन्ने तथ्यांक छैन तर, बाहिरको अध्ययनलाई हेर्ने हो भने प्रत्येक तीन जनामध्ये एक जनालाई ओस्टोपोरोसिस हुने गर्दछ ।


उपचार गर्दा सर्वप्रथम यो रोग हो कि हैन, भनेर पत्ता लगाउन जरुरी हुन्छ । यो समस्या पत्ता लगाउने गोल्ड स्ट्यान्डर्ड वा उत्तम उपाय भनको डेस्का स्क्यान (म्भ्ह्ब् क्ऋब्ल्) हो । डेक्सा स्क्यानमा एक किसिमको न्यून विकिरण प्रयोग गरेर शरीरको हड्डीको स्यान गर्ने गरिन्छ । यो मेसिन काठमाडौंको ट्रमा सेन्टरमा पनि उपलब्ध छैन । तर काठमाडौंका केही निजी मेडिकललगायत भरतपुरको ओस्टियोलाईफ थाइरोइड हेल्थकेयरमा विगत एक वर्षदेखि सेवा दिँदै आइरहेको छ । डेक्सा स्क्यान गरेपछि ओस्टोपोरोसिस भए नभएको र भए कति छ त्यो स्क्यानले देखाउँछ ।

उक्त रोग पत्ता लागेपछि यसका उपचारहरू पनि छन् । औषधि उपचारले मात्र हैन खानपान, शारीरिक कसरतहरूमा पनि विशेष ध्यान दिनुपर्छ । शरीरलाई सक्रिय बनाई राख्नका साथै क्याल्सीयम भएका खानेकुरा (दूध, माछा, मासु) र भिटामिन डी समावेश भएका खानेकुरा सेवन गनुपर्छ । यसबाट बच्नका लागि धुम्रपान र मद्यपान सेवन बन्द गर्नुपर्छ । हर्मोेनका कारण महिनावारी सुकेका महिलाहरूमा यो समस्या हुने भएका कारण चिकित्सकको सल्लाहअनुसार समयमै डेक्सा स्क्यान गराउनुपर्छ ।

हड्डी मक्किने समस्या भएका मानिसको उपचार सम्भव छ तर उपचार पश्चात् पहिलाको जस्तै बनाउन भने सकिदैन, केहि मात्रामा भए पनि कम भने गर्न सकिन्छ । यो रोग लाग्न नदिनका लागि जनस्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । दैनिक क्रियाकलापमा सक्रिय हुनुपर्छ साथै खानपानमा पनि ध्यान दिनु जरुरी छ ।
(अर्थोेपेडिक्स तथा ओस्टियोपोरोसिस विशेषज्ञ डा.सुनील पन्तसँगको कुराकानीको सार अंश)

प्रतिक्रिया