भालुको आंतकले मौरीपालक चिन्तित

मुगु । छायानाथ रारा नगरपालिका–८ झ्यारी गाउँमा भालुले आंतक मच्चाउन थालेपछि स्थानीय त्रसित भएका छन् । रारा राष्ट्रिय निकुञ्जबाट निस्केको भालुले निकुञ्ज आसपासका वस्तीमा आतंक मच्चाउन थालेपछि स्थानीय त्रसित भएका हुन् । निकुञ्जबाट आएको भालुले छायानाथ रारा नगरपालिका–८ झ्यारी गाउँका मौरीपालक १३ जना किसानका मौरी घारको मह खाएपछि कृषकहरू मर्कामा परेका छन् ।

१३ जना झ्यारी गाउँका स्थानीयका ८०÷९० मौरीका घार भालुले सखाप पारेको छ । भालुले मह मात्र खाएको छैन घार लोटाएर नस्टसमेत पारेको स्थानीय वीरबहादुर रावलले जानकारी दिए । उनका अनुसार आप्mना १२ वटा घार थिए वर्षमा ७० हजार महबाट कमाउने र त्यसैबाट बाल बच्चालाई कापीकलम र अन्य घर खर्च सञ्चालन गर्दै आएको भए पनि यो वर्ष भालुले सत्यानाश गरेको रावलले बताए । वर्ष भरी निकै दुःख गरी मौरीको स्याहारसुहार गरियो मह निकाल्ने समय नजिकिँदै गर्दा भालुले सत्यानाश गरेको रावलले दुःखेसो गरे ।

दम, मुटु, पेट दुख्ने, मुखको गिजा सुनिएका बिरामीलाई महको सेवनले एकदमै राम्रो गर्ने गरेको भए पनि यो वर्ष घरेलु औषधिका लागि मह बाहिरबाट खरिद गर्नुपर्ने अवस्था आएको छ । रारा घुम्न आउने पर्यटकलाई अर्गानिक महको स्वागत गर्ने र नासोको रूपमा दिने गरेका भए पनि यो वर्ष मह भालुले खाएपछि रारा घुम्न आउने पर्यटकलाई पनि महबाट स्वागत गर्न नपाइने रावलको भनाइ छ ।

गएको भदौ महिनामा निकुञ्जको भालुले स्थानीयवासीका तीन वटा गाईगोरू, दुई वटा घोडा मारिदिएको थियो । रारा राष्ट्रिय निकुञ्ज कार्यालयलाई गुहार मागेको भए पनि सुनुवाई नभएको र भालुले पटकपटक आंतक मच्चाउन थालेको स्थानीयको भनाइ छ । यस विषयमा निकुञ्जमा सम्र्पक गर्न खोज्दा फोन सम्र्पक भएन ।

प्रतिक्रिया