साथीको बहिनीलाई बलात्कार गर्ने विद्यार्थी नेता जेल चलान

काठमाडौँ । गत कात्तीक १२ गते देउसी खेल्न भनी साथीको बहिनीलाई बलात्कार आरोपमा पक्राउ परेका रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी नेता इन्द्रहाङ राई अदालतको आदेशमा जेल चलान भएका छन् । उनलाई केन्द्रीय कारागार सुन्धारा लगिएको महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी रमेशबहादुर सिंहले जानकारी दिए ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले राईलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियू सह–सचिव एवं अनेरास्वियूका केन्द्रीय सदस्यसमेत रहेका नेता राई १२ कात्तिकमा पक्राउ परेका थिए ।

प्रतिक्रिया