शुसासन सम्वन्धि जनप्रतिनीधीलाई तालिम

कालीकोट । असल शासन कुशल प्रशासन नै शुसासन हो । म को हुँ, मैले गर्ने काम केहो ? समाज रुपान्तरणमा मेरो भुमिका के रहन्छ भन्दै खाँडाचक्र नगरपालिका वडा नं– १ देखि ११ सम्मका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुलाई शुसासन समवन्धि तालिम दिइएको छ । सहकर्मी समाज नेपालको आयोजनामा जनप्रतिनीधीहरुलाई ३ दिने तालिम दिइएको हो ।

शुसासनमा नागरिक सहभागिता कार्यक्रम अन्र्तगत जनकेन्द्रीत विकास प्रणाली सम्वन्धि बुधबारदेखि तालिम दिएको हो । जनकेन्द्रीत विकास र शुसासनमा नागरिकको प्रत्यक्ष सहभागिता र समुदाय स्तरमा स्थानिय लगाएत जनप्रतिनिधीले गर्नु पर्ने मुख्य कार्यहरु बारे तालिम दिइएको हो । सकहर्मी समाजका अध्यक्ष रत्न गाहा मगरले समाजका कतिपय मानिसहरुलाई शुसासन र विकासीय बजेटको बारे थाहा नभएको कुरा सुनाउदै अव जनप्रतिनीधीले नागरिक विच पारदर्शी तरिकाले जुनसुकै काम गर्न आग्रहसमेत गरेका छन् ।

यस्तै सहकर्मी समाज नेपालका कार्यकारी निर्देशक अमरब अयरले स्थानिय तहबाट दिइने सेवा सुविधाहरु कत्तिको पार्दशी छन् । सेवाग्राही सन्तुष्ट छन् या छैनन् । आगामी दिनमा जनप्रतिनीधीले गर्नु पर्ने मुख्य कार्य र जनकेन्द्रीत विकास एवं शुसासनका क्षेत्रमा जनप्रतिनीधीहरुको महत्वपुर्ण भुमिका रहनु आवश्यक रहेको बताएका छन् । शुसासनमा नागरिक सहभागिता कार्यक्रमका शुसासन अधिकृत पंकज शाहीले विगतमामा जस्तै कर्मचारीतन्त्र नभएकाले अहिले आफ्नै जनप्रतिनीधीको भरोषा नागरिकले लिएको भन्दै सूचनाको हकलाई मध्यनजर गर्दै नागरिकलाई शुसासनमा अग्रसर गर्नुपर्ने बताए ।

साथै शाहीले विकट कालीकोटका ९ वटा स्थानियतहले आफ्ना नागरिकहरुले मागेको सुचना प्राप्त गरिदिनु पर्ने भन्दै नागरिकलाई पार्दशीरुपमा सेवा दिनु पर्ने माग गरेका छन् । कार्यक्रममा खाँडाचक्र नगरपालिका प्रमुख जसिप्रसाद पाण्डेले आफ्नो पालिका भित्र रहेका सवै नागरिकहरुलाई विगतमा जे जस्तो भएपनी अव आगादी दिनमा शुसासनमा झन प्रष्ट पार्ने भन्दै तालिमको आयोजना गर्ने सहकर्मी समाजलाई धन्यवाद ज्ञापन समेत गरेका छन् । कार्यक्रममा खाँडाचक्र नगरपालिका वडा नं–१ देखि ११ सम्मका जनप्रतिनिधी तथा पत्रकारलगाएतको सहभागिता रहेको थियो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया