कटारीमा यामाहाको नयाँ शोरुम

काठमाडौं । मोटरसाईकल कम्पनी यामाहाले उदयपुरको कटारीमा नयाँ शोरुम संचालनमा ल्याएको छ । सन्जीव शाहको स्वामित्व रहेको उक्त नयाँ शोरुम एसएस अटो सेन्टर डिलरसिपमा सबै प्रकारका यामाहा बाइकका मोडलहरु उपलब्ध हुने कम्पनीले जनाएको छ ।

जनकपुर उप–महानगरपालिकाकी उप–मेयर भीमकुमारी पन्त, बजाज शोरुम कटारीका प्रोप्राइटर राजु गुप्ता र चेम्बर अफ कमर्सका प्रतिनिधि पुस्कर खड्काको उपस्थितिमा चर्चित अभिनेत्री प्रियँका कार्कीले उक्त नयाँ शोरुमको उद्घाटन गरिन ।
ग्राहकलाई यामाहा टू ह्वीलर्सको आधिकारिक वितरक कहाँबाट यामाहा बाइक खरीद गर्न सहजहोस् भन्ने उद्देश्यका साथ नयाँ शोरुमको संचालन गरिएको कम्पनीले जनाएको छ । उत्कृष्ट ग्राहक सेवा प्रदान गर्नका लागि एसएस अटो सेन्टर डिलरसिपबाट ‘३स’ सेल्स, सर्भिस र स्पेयर पार्टसका साथ साथै फाइन्यानस र एक्स्चेन्ज सुविधाको समेत व्यवस्था गरेको छ ।

प्रतिक्रिया