कुसोममा इन्भेस्टमेन्टको एक्सटेन्सन काउन्टर

काठमाडौं ।  नेपाल इन्भेस्टमेन्ट बैंकले ललितपुरको बालकुमारीस्थित काठमाडौं स्कुल अफ म्यानेजमेन्ट (कुसोम)मा १६औँ विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) स्थापना गरी आफ्नो सेवा विस्तार गरेको छ । नयाँ सुविधाको नेपाल इभेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, काठमाडौं युनिभर्सिटीका रजिस्ट्रार प्राडा सुवोध शर्मा र कुसोमका डिन डा. विजय केसीले एक समारोहका बीच संयुक्त रूपमा उद्घाटन गरे ।

नेपाल इन्भेस्टमेन्ट बैंक (एनआइबीएल) ले ८२ शाखा, १२४ एटीएम, १५ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५५ शाखारहित बैंकिङ काउन्टर तथा २७३६ प्वाइन्ट अफ सेल्स (पीओस) केन्द्रहरूमार्फत आफ्ना ग्राहकलाई सेवा पु¥याउँदै आएको छ । बैंकले सेवा र व्यवसायमा उदाहरणीय कार्य गरेबापत पाँच पटक ‘बैंक अफ द इयर’ अवार्डका साथै अन्तर्राष्ट्रिय प्रकाशन युरोमनीद्वारा ‘बेस्ट बैंक २०१८’ अवार्डद्वारा समेत सम्मानित भइसकेको छ ।

प्रतिक्रिया