इजिप्टका राष्ट्रपति फत्ताह युएई भ्रमणमा

दुबइ । इजिप्टका राष्ट्रपति अब्दुल फत्ताह अल सिसी दुई दिने औपचारिक भ्रमणका लागि संयुक्त अरब इमिरेट्स (युएइ) आएका छन् । पछिल्लो दुई बर्षमा दोस्रो पटक भएको यो भ्रमणका क्रममा उनले दुई पक्षीय हित र साझा चासोका बारेमा छलफल गर्ने जनाइएको छ ।

राष्ट्रपति अल सिसीले युएइका युवराज अब्दुल धाबी सेख मोहम्मद बिन जायद अल नाह्यानलाई पनि भेट्ने कार्यक्रम रहेको छ । उनिहरुका बीचमा यस क्षेत्रमा विकसित पछिल्लो घटनाक्रम र परिस्थितिका बारेमा पनि छलफल हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया