डबलको डबलको डबल अफरमा इन्द्रराज बने बिजेता

काठमाडौँ । सेवाग्राही इन्द्रराज शेरचन दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत सातौँ हप्ताको विजेता घोषित भएका छन् । शेरचन सिस्टममा आधारित ‘लक्की ड्र ’ मार्फत विजेता घोषित भएका हुन् । सेवाग्राहीले युकेबाट अफर अवधिमा आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए ।

उनले युके स्थित रिया मनि ट्रान्सफर मार्फत ५० हजार १ सय ३७ रुपैयाँ पठाएका थिए । जसको दुई गुणा हुन आउने रकम १००,२७४ रकम जितेका हुन् । पुरस्कार राशी सेवाग्राही शेरचनको सिफारिसमा उनका आफन्त चेलीमाया गौचनले ग्रहण गरेकी हुन् । आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर २०७६ साल भदौ १५ गतेदेखि कात्तिक मसान्तसम्म कायम रहने जनाएको छ ।

प्रतिक्रिया