कमला नदीमा भूत मेला

सिरहा । कमला नदी किनारमा मंगलबार भूत मेला लागेको छ । कात्तिक शुक्ल पूर्णिमाको दिन तान्त्रिक शक्ति एवं सिद्धि प्राप्त हुने जनविश्वाससहित धामीझाक्री भाकल गर्दै कमला नदीमा पुगेर स्नान गर्ने गर्दछन् ।

सिरहा र धनुषा जिल्ला छुुट्याउने कमला नदीको किनारमा अनौठो तथा भव्य भूत मेला लागेको थियो । कात्तिक शुक्ल पूर्णिमाको दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वास रहेको छ । यस अवसरमा सिरहा र धनुषाको कमला नदी किनारमा मेलासमेत लागेको छ । मेला हेर्न सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सीमावर्ती भारतको मधुबनि, दरभंगा, समस्तीपूरलगायत ठाँउका हजारौँ मानिस सिरहा र धनुषास्थित कमला नदीमा पुुगेका थिए ।

धामीझाक्री बन्ने विश्वासका साथ उनीहरू देउता खैल्दै कमला नदीमा स्नान गरेपछि कमलेस्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने जनविश्वास रहेको बताइएको छ । प्रत्येक वर्ष कात्तिक पूर्णिमाको दिन लाग्ने भूत मेलामा सोमबार साँझदेखि नै टाढाटाढाबाट आएका श्रद्धालुले कमला नदीमा स्नान गरेका थिए ।

भूत मेलामा स्नान गरेपछि घर आउने वेलामा भक्तजनहरूले कमला नदी र गंगासागरको शुद्ध पानी आआफ्नो घर लैजाने गर्छन् । मूल धामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्रशास्त्रका अनुसार तन्त्र सिद्धिको लागि यस दिन पूर्णाहुती दिने चलन छ । मिथिलामा सदियौदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास रहेको छ ।

स्नानको समयमा मूल धामीहरूले लोक भाकामा गीतसमेत गाउने गर्छन् । जसलाई स्थानीय भाषामा महराई भन्ने गरिएको छ । आप्mनो गाउँमा धामीहरूलाई डो¥याएर कमला र गंगासागर स्नान गर्न ल्याएका सिरहाका धामी रामप्रसाद यादव शरीरमा देउता चढ्नेहरूलाई यहां ल्याउने गरिएको बताउँछन् । तराईमा मन्त्र सिकाउने धामीलाई भगता भन्ने गरिन्छ ।

पवित्र नदीमा प्रथम स्नान गर्ने धामीझांक्रीसँग आशिष थाप्ने श्रद्धालुहरूको संख्या पनि उल्लेखनीय रहने गरेको छ । देउता खेल्दै आएका महिलापुरुषहरू कमला नदीमा स्नान गरी घर फर्किन्छन् । मुख्यतः ग्रामीण भेगका अशिक्षितका कारण टुनामुनामा विश्वास गर्ने महिला पुरुषहरूको संख्या ठूलो रहेको छ ।

प्रतिक्रिया