ग्लोबल आइएमई र अल बिलादबीच सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंक र साउदी अरबको बैंक अल बिलादबीच रेमिट्यान्स सेवाको औपचारिक शुभारम्भ भएको छ । साउदी अरबको बैंक अल बिलादको मुख्य कार्यालयमा आयोजित एक कार्यक्रममा दुई बैंकबीच सहकार्यको बुधबारदेखि औपचारिक सुरुआत भएको हो ।

अबदेखि सेवाग्राहीले साउदी अरबको बैंक अल बिलादको १८० भन्दा बढी शाखा तथा काउन्टरमार्फत नेपालमा सहजरुपमा रकम पठाउन तथा ग्लोबल आइएमई बैंक, आइएमई तथा जीएमईका नेपालभर रहेका १५ हजार भन्दा बढी एजेन्टहरु मार्फत रकम प्राप्तगर्न सक्नेछन । बैंक अल बिलादको ईन्जाज रेमिट्यान्स नामक प्रसिद्ध रेमिट प्रोडक्ट रहेको छ । साउदी अरबका लागि नेपाली राजदुत प्राडा महेन्द्रप्रसाद सिंह राजपुतको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा दुवै बैंकका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया