कार्तिक चारदेखि ६ गतेसम्म अन्तर्राष्ट्रिय युवा सम्मेलन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलिको निर्देशनमा आगामी कार्तिक चारदेखि ६ गतेसम्म अन्तर्राष्ट्रिय युवा सम्मेलन हुने भएको छ ।

केन्द्रीय राजधानी काठमाडौँमा आयोजना हुन लागेको उक्त सम्मेलनमा विज्ञान प्रविधि तथा नवप्रवर्तनलगायत विभिन्न बिषयमा छलफल हुने नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले जानकारी दिए ।

उपकुलपति श्रेष्ठका अनुसार यो अन्तर्राष्ट्रिय युवा सम्मेलन पहिलो हो । यसमा मुख्य आयोजकका रुपमा नेपाल सरकार, शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र युवा परिषद् रहनेछ ।

प्रतिक्रिया