सागका लागि पौडीमा ३२ खेलाडीको छनोट

काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद(साग)का लागि पौडीका खेलाडीको दोस्रो चरणको छनोट गरिएको छ ।

नेपाल पौडी संघले बुधबार १३औँ सागका लागि ३२ सदस्यीय प्रारम्भिक छनोट गरेको छ । संघका महासचिव जगतमान श्रेष्ठ, प्रमुख प्रशिक्षक शंकर कार्की, वरिष्ठ प्रशिक्षक इश्वर कार्की, ओङदेन लामा, प्रशिक्षकहरू रत्नलाल महर्जन र नयना शाक्य सम्मिलित छनोट समितिले गत आठौँ राष्ट्रिय खेलकुद, नवौँ एनएसए कप पौडी र फिना अंकको आधारमा दोस्रो चरणको खेलाडी छनोट गरेको थियो ।

देशबाहिर रहेको खेलाडीको हकमा भने छनोट समितिले सप्ताहिकरूपमा संघलाई बुझाएको प्रशिक्षणको विवरणलाई आधारमा बनाएको थियो । यसअन्तर्गत पुरुषतर्फ सैयद हम्जा शाह र नाथान दोर्जे शेर्पा तथा महिला गौरिका सिंह, डुवाना लामा र सोफिया शाह छनोट भएका थिए । पौडीले संघले यसअघि नै १३औँ साग लक्षित गरेर ४० खेलाडीलाई प्रारम्भिक छनोट गर्दै प्रशिक्षण गराउँदै आएको थियो ।

तर, गत हप्ता सम्पन्न नवौँ एनएसए कप पौडी च्याम्पियनसिप सम्पन्न भएपछि दोस्रो चरणको छनोट गरेको हो । दोस्रो चरणको छनोटमा पुरुषतर्पm एलेक्सजेन्डर शाह, अनुभव सुब्बा, शुभम श्रेष्ठ, विकास कुमाल, तेन्जिङ गुरुङ, नासिर हुसेन, गौरव लामा, दिलिप थापामगर, वेदज्ञराज जोशी, तरुण भण्डारी, जेबिस पौडेल, सागर नायक, स्पन्दन शाक्य, जयन्त गुरुङ र निर्भय थापा छन् ।

महिलातर्फ अनुसिया तन्डुकार, टिसा शाक्य, उपास्ती महर्जन, अदिप्सा वैद्य, समिराशोभा थापा, युस्का महर्जन, रोसा न्यौपाने, श्रेबी महर्जन, अनुस्का पोख्रेल, आज्मी शेरचन र शिक्षा श्रेष्ठ छन् । १३औँ सागका लागि पौडीमा कुल २८ सदस्यीय अन्तिम टोली छनोट हुनेछन् ।

प्रतिक्रिया