धामीले अप्रेसन गरेका बिरामीको मृत्यु

धादिङ । जन्डिसको उपचार गराइदिने भन्दै धामीले ब्लेडले पेट चिरेर घाइते भएका बिरामीको उपचारका क्रममा जिल्ला अस्पताल धादिङमा मृत्यु भएको छ ।

जन्डिसको उपचार गराइदिने भन्दै धामीले ३९ वर्षीय बिरामी राजु मगरको मुखैले चुसेर कमलपित्तको विकार निकाल्ने भन्दै गत १५ भदौमा गजबहादुर लामा उर्फ (महायान लामा) झाँक्रीले बिरामीलाई आफ्नै घरमा बोलाएर ब्लेडले पेट चिरेका थिए । पेट चिरेर विकार निकाले बापत् लामाले विरामीसँग ८ हजार ३ सय ८० रुपैयाँसमेत असुलेको मृतक राजुकी पत्नी विमला मगरले बताइन् ।

ब्लेडले पेट चिरेपस्चात् गम्भीर बिरामी भएका मगरको सोमबार साँझ साँच बजेतिर जिल्ला अस्पताल धादिङमा उपचारका क्रममा मृत्यु भएको हो ।

गत १५ भदौमा लामा धामीले पेट चिरेर निको नभएका राजुको अवस्था झन जटिल भएपछि २५ भदौमा जिल्ला अस्पताल धादिङमा भर्ना गरिएको थियो । मृतक राजु दुई महिनादेखि जन्डिसले थलिएका पत्नी विमला मगरले बताइन् । यस अघि पनि सामान्य बिरामी भएका वेला तिनै झाँक्रीले झारफुक गर्दा बिसेक हुने गरेकोले जन्डिसले थलिएका पतिको स्वास्थ्य अवस्था सुधार हुने आसमा गजबहादुर लामा भाक्रीको घरमा गएको र उनले पेटमा प्वाल पारेर बिकार झिक्नुपर्ने भन्दै पेटमा ब्लेडले प्वाल पारिदिएका थिए ।

तर, झाक्रीले पेटमा प्वाल खोपिदिएकाले अवस्था झनै जटिल भएपछि उनलाई उपचारका लागि काठमाडौं नयाँबजारस्थित पिपुल्स मेडिकल कलेजमा लगिएको थियो । तर, पिपुल्स मेडिकल कलेजले अरूले बनाइदिएको घाउ आफूले नहेर्ने भन्दै पेटमा जमेको पानी निकालीदिएर फिर्ता गरिदिएको थियो । त्यसपस्चात् जिल्ला समरमुकाम धादिङबेँसीमा उपचाररत मगरको सोमबार मृत्यु भएको हो ।

यता लामा विरुद्ध परिवारजनले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्तासमेत गराएका छन् । हाल लामा भने फरार छन् । लामाको खोजी कार्यमा प्रहरी लागिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

प्रतिक्रिया