बंगलादेशमाथि अफगानिस्तानको सफलता

एजेन्सी, ढाका । । बंगलादेशसँगको ट्वान्टी– २० क्रिकेटको ट्राइ सिरिजमा अफगानिस्तानले जित हात पारेको छ ।  अफगानिस्तानले घरेलु टिम बंगलादेशलाई २५ रनले पराजित ग¥यो । मोहम्मद नाबी र मुजिब उर रहमानको उत्कृष्ट प्रदर्शनप्रेरित अफगानिस्तानले आइतबार ट्वान्टी–२० क्रिकोणात्मक शृंखलामा बंगलादेशमाथि सफलता हात पा¥यो ।

अफगानिस्तानले प्रस्तुत गरेको १ सय ६५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९.५ ओभरमा मात्र १ सय ३९ रन जोड्न सक्यो । बंगलादेशका मोहमदुल्लाहले सर्वाधिक ४४ र सब्बिर रहमानले २४ रनको योगदान गरे । मोहमदुल्लाहले ३९ बलमा ५ चौका प्रहार गर्दा २७ बल खेलेका रहमानको नाममा १ चौका रह्यो ।

त्यस्तै अफिफ होसेनले १६ तथा कप्ता साकिब अल हसन र मुस्ताफिजुर रहमानले समान १५ रन जोडे । अन्य कुनै पनि ब्याटस्म्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । अफगानिस्तानका मुजिब उर रहमानले ४ विकेट लिँदा फारिद अहमद, रासिद खान र गुल्बादिन नाइबले समान २ विकेट लिए । बंगलादेश, जिम्बाब्बे र अफगानिस्तान सहभागी शृंखलामा अफगानिस्तानको यो लगातार तेस्रो जित हो ।

पहिलो खेलमा शुक्रबार बंगलादेशलाई हराएको अफगानिस्तानले दोस्रो खेलमा शनिबार जिम्बाब्वेलाई हराएको थियो । यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६४ रनको योगफल खडा गरेको थियो ।

४०–४ को कठिन स्थितिमा रहेको अफगानिस्तानको इनिङ नाबी र अज्गर अफगानले पाँचौं विकेटका लागि ७९ रनको साझेदारी गर्दै अघि बढाएका थिए । नाबीले ५४ बलमा ३ चौका र ७ छक्काको मद्दतमा अविजित ८४ रनको योगदान गरेका थिए

प्रतिक्रिया