बिश्वकर्मा कलाकार संघको ‘बिश्वकर्मा पुजा–सांस्कृतिक कार्यक्रम’

काठमाडौँ । बिश्वकर्मा कलाकार संघको आयोजनामा बिश्वकर्मा बाबा पुजाको अवसरमा ‘बिश्वकर्मा पुजा साथै बृहत सांस्कृतिक कार्यक्रम’ असोज १ गते हुने भएको आयोजकले जनाएको छ ।

हरेक जातजाती, ब्यवसायीलगायत अन्य ब्यक्तीहरुले बिश्वकर्माको पुजा गर्ने गर्दछन् । त्यसैलाई मध्य नजर गर्दै उक्त कार्यक्रमको आयोजना गरिएको बिश्वकर्मा कलाकार समाजका अध्यक्ष कृष्ण आँशु (बिश्वकर्माले) जानकारी दिए ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र सबै उपस्थित भई प्रसाद ग्रहण गरिदिुका लागि आयोजकले आग्रह गरेका छन् । कार्यक्रम असोज १ गते बुधबार बिहान ९ बजे सामाखुसी टाउनपलालिङ हुने जनाइएको छ । बिश्वकर्मा पुजा सकिए पश्चात सांस्कृतिक कार्यक्रम सुचारु हुने बताइएको छ ।

प्रतिक्रिया