नेपाल आइडलको मुख्य प्रायोजकमा कोका–कोला

काठमाडौं । कोका–कोलाले रियालिटी टेलिभिजन गायन प्रतियोगिता ‘नेपाल आइडल’ सिजन ३ मा मुख्य प्रायोजन गरेको छ । नेपाल आइडलले हालै देशभरको विभिन्न सहरहरूमा अडिसनको घोषणा गरेको छ ।

पप आइडलको नेपाली फ्रयानचाइज –नेपाल आइडल तथा निकै प्रसिद्ध सो एपी वान टेलिभिजनमार्फत प्रसारण हुनेछ जसले नेपालका इच्छुक र प्रतिभाशाली गायकहरूलाई प्लेयाटफर्म प्रदान गर्नेछ । कोका–कोला सदैव गीत संगीतसँग जोडिँदै आइरहेको छ र नेपालमा पहिलो पटक कोका–कोलाले गायन रियालिटी सोमा प्रायोजन गरेको हो ।

प्रतिक्रिया