अर्थबजार

मलंगवामा एनसीसी बैंकको काउन्टर

सौर्य अनलाइन २०७६ भदौ २९ गते १९:४४ मा प्रकाशित

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडले सर्लाही जिल्लाको मलंगवा नगरपालिका ८ मलंगवामा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त कार्यालयको उद्घाटन मलंगवा नगरपालिकाका मेयर निर्सल साहले गरे ।

उक्त कार्यक्रममा बैंकका प्रदेश २ प्रमुख समीर अचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै उक्त शाखाका शाखा प्रबन्धक रविप्रसाद श्रीवास्तवले उपस्थित प्रमुख अतिथि र अन्य अतिथिलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय