वल्र्ड वाईड मिडियाको ‘बिन्दु बिक बचाउ अभियान’

काठमाडौँ । वल्र्ड वाईड मिडियाद्धारा आयोजित मृगौला पीडित बिन्दु बिकको सहयोगार्थ ‘बिन्दु बिक बचाउ अभियान’ कार्यक्रम गरेको छ । मानव सेवा नै धर्म हो भन्ने उद्देश्यका साथ दुवै मृगौला फेल भएकी सल्यान निवासी बिन्दु बिकको सहयोगार्थ पत्रकार भेटघाट कार्यक्रम गरि उक्त अभियान चलाएको वल्र्ड वाईड मिडियाका सञ्चालक प्रकाश (बराईली अभिब्यक्ती) ले जनकारी दिए ।

कार्यक्रममा बरिष्ठ लोक गायिका बिमा कुमारी दुराको प्रमुख आतिथि र लोक गायक भगवान भण्डारी बिशिष्ट अतिथिको रहेका थिए । विभिन्न संकलनमार्फत उठेको केही रकम कार्यक्रममा पीडित बिकलाई हस्तान्तरण पनि गरिएको थियो ।

सो कार्यक्रममा लोक गायक भण्डारीले मृगौला पिडीत बिकको उपचारका लागि रु पाँच हजार सहयोग गरे भने प्रमुख अतिथि तथा गायिका दुराले पनि दशैं भन्दा अघिको कार्यक्रमबाट उठेको रकम सहयोग गर्ने बताएकी छन् । त्यसैगरि युरोप रहेका लोक गायक जेबि ओलिले सहयोगका लागि रकम पठाउने बताएका छन् ।

पीडित बिकलाई बचाउनका लागी देश तथा बिदेशबाट आर्थिक सहयोग गरिदिनका लागी गायक भगवान भण्डारी र गायिका बिमा कुमारी दुराले आग्रह गरेका छन् । पीडित बिकको हाल काठमाडौँको सुमेरु अस्पतालमा उपचार भइहेको छ । उनको आर्थिक अवस्था कमजोर भएकोले उपचारको क्रम अगाडी बढाउन नसकिएको परिवारले जनाएका छन् । मृगौला पीडित बिन्दु बिकका दुई छोरा छन् । उनका श्रीमान्ले दोस्रो बिहे गरेर भारतमा बस्दै आएका तथा जेठी श्रीमतीसँग सम्पर्कबिहिन भएको बताइएको छ ।

उनको दुई छोरालाई माईतीले पालन पोषण गरेका छन् । उनलाई अर्थिक सहयोग गर्नका लागि माछापुच्छ्रे बैंक चाबहील शाखा, काठमाडौँमा रहेको बिन्दुकै खाता नं. ५६२३५२४६९७८३८०१७ मा सिधै पैसा पठाउन सकिनेछ । पीडित बिन्दु बिकलाई ९८४७८७२६०८, उनको बुवा नियम बिकलाई ९८६६१११४७८ मा सम्पर्क गर्न पनि सकिने छ । वोर्ल्ड वाईड मिडियाका सञ्चालक प्रकाश बराइलीले पनि अझै सक्दो सहयोग अगाडि बढाउने बताएका छन् ।

प्रतिक्रिया