बिर्तामोडमा टिम्वर क्राफ्टको शाखा

काठमाडौं । विगत लामो समय देखि स्कीन ढोकाहरुको उत्पादन तथा बिक्रि वितरण गर्दै आएको टिम्वर क्राफ्ट प्रालिको शाखा झापाको विर्तामोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मंगलवार एक कार्यक्रमकाबीच उक्त शाखा कार्यालय ईस्ट टिम्बर प्रालिको उद्घाटन गरिएको हो ।

देशका बिभिन्न जिल्लाहरुमा सेवा विस्तार गरिरहेको कम्पनीले अब प्रदेश १ मा पनि उक्त शाखा मार्फत नेपालमै बनेका स्कीन ढोकाहरु बजार विस्तार गर्ने टिम्बर क्राफ्टका प्रवन्ध निर्देशक योगेन्द्रजंग बस्नेतले जानकारी दिए । ललितपुरको सातदोवाटोमा प्रमुख कार्यालय र नवलपराशी गैंडाकोटमा कारखाना रहेको कम्पनीले पानीले असर नगर्ने, किराले नखाने, वाङ्गो टिङ्गो नहुने, सजिलै कम समयमै फिट गर्न सकिने, सबै प्रकारका घरहरुमा अनुकुल हुने, सस्तो तथा आकर्षक ढोकाहरु उत्पादन तथा बिक्रि वितरण गर्दै आएको छ ।

प्रतिक्रिया